२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. विजय ज्ञामीको सल्लाहः स्वस्थ्य दाँतको निम्ति ६/६ महिनामा स्केलिङ आवश्यक

डा. विजय ज्ञामीको सल्लाहः स्वस्थ्य दाँतको निम्ति ६/६ महिनामा स्केलिङ आवश्यक


दाँत स्केलिङ भन्नाले दाँतको गम रोग र देखा परेको प्लेक निम्ति गरिने उपचार भन्ने बुझिन्छ । दाँतको वरपरको भाग जब विभिन्न फोहोरले लेयर लाग्न थाल्छ तब दाँत किराले खाने उच्च सम्भावना रहन्छ । तसर्थ दाँत किराले नखाओस् भनेर स्वस्थ्य दाँतको निम्ति गरिने उपचार नै स्केलिङ हो ।

कतिपय व्यक्तिमा स्केलिङप्रति गलत धारणा रहेको पाइन्छ । लगातार गरिने स्केलिङले दाँतलाई कमजोर बनाउँछ, भन्ने धारणाका कारण स्केलिङ गर्न डराउने व्यक्ति पनि रहेका छन् । तर, यी सबै गलत धारणा हुन् । स्केलिङले दाँतलाई सफा बनाउने हुँदा यसको प्रयोगबाट दाँत झन स्वस्थ्य बनाउन मद्दत गर्छ ।

दाँतमा फोहोर धेरै जम्मा भएको अवस्थामा हामीलाई पनि दाँतमा प्लेक बढेको महसुस हुन्छ । धेरैजसो समय दाँतलाई मसिनो लेयरका रुपमा साल्भिया, ब्याक्टेरिया र प्रोटिनले कभर गरेर राखेको हुन्छ ।

हामीले साना अणु प्रकारका खाना, चिनी, एसिड तथा स्टिक फुडहरु खाएको समयमा दाँतमा प्लेकको उत्पादन हुन्छ । यसरी उत्पादित प्लेकमा हुने ब्याक्टेरियाका कारण दाँत किराले खाने वा यसको तल रहने गमलाइनका कारण गम सम्बन्धि विभिन्न समस्याहरु देखा पर्छ । ब्रस, फ्ल्स तथा दाँतको नियमित सरसफाइबाट त्यस्ता गम्भीर समस्याबाट बच्न सकिन्छ ।

कस्ता समूहलाई आवश्यक पर्छ स्केलिङ?

‘स्टेल’ र ‘क्याल्कुलस’ अवस्था दाँत स्केलिङ गर्नुपर्ने अवस्थाका बिरामीहरु हुन् । स्केलिङको माध्यमद्धारा हामी उनीहरुको दाँत सफा गरिन्छ । तसर्थ त्यस्ता बिरामीहरुले आफ्नो दाँत स्केलिङ गर्नुपर्ने हुन्छ । अन्यथा उनीहरुको दाँत झनै किराले खान सक्ने सम्भावना उच्च रहन्छ ।

आवश्यक उपचार पछि मात्रै हामीले दाँतको अवस्थाको बारेमा थाहा पाउँछौ । अझ त्यसमाथि हामीमध्ये अधिकांशले आफ्नो स्वास्थ्यमा समस्या देखा परेपछि मात्रै उपचारको निम्ति प्रयत्न गर्ने गर्छौ । यो विल्कुल गलत ट्रेन्ड हो ।

स्वास्थ्यमा समस्या देखा परेपछि उपचारको बाटो पहिल्याउनु भन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी भएकोले समय–समयमा हामीले आफ्नो स्वस्थ्य परीक्षण गराइ रहनुपर्छ । यसैगरि स्केलिङको सन्दर्भमा भन्ने हो भने हामीले प्रत्येक ६/६ महिनामा स्केलिङ गराउनु उपयुक्त हुन्छ ।

माथि उल्लेख गरेजस्तै व्यक्तिमा लगातारको स्केलिङले दाँत कमजोर पार्छ भन्ने गलत धारणा रहेको पाइन्छ । तर, स्केलिङबाट दाँत सफा रहने भएकोले यसले गिजालाई मजबुत तथा स्वस्थ्य रहन मद्दत गर्छ । अन्यथा यसको अभावमा दाँत किराले खान्छ, नै यस सँगसँगै यसले गिँजा तथा दाँतको हड्डीमा समेत असर गरी दाँत छिट्टै हल्लिन सक्ने सम्भावना उच्च रहन्छ ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ