२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा.सुवास चन्द्र यादवको सल्लाह : यसरी बच्न सकिन्छ कोरोना भाइरस संक्रमणबाट

डा.सुवास चन्द्र यादवको सल्लाह : यसरी बच्न सकिन्छ कोरोना भाइरस संक्रमणबाट


भाइरस छट्टु प्राणीअन्तर्गत गनिन्छन् । जसको उपचार पत्ता लगाउन गाह्रो त, पर्छ नै यस सँगसँगै व्यक्तिमा यो सरुवा रोगको रुपमा देखापर्छ । यो एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्छ । अहिले देखा परेको कोरोना भाइरस पनि यसै अन्तर्गत पर्दछ ।

अंग्रेजी वर्षको अन्त्यतिर चीनमा देखा परेको यस भाइरस हाल महामारीको रुपमा विश्वको विभिन्न मुलुकमा देखा परेको छ । र, छिमेकी राष्ट्र भएको कारण यसबाट हामी अछुतो रहन्छौं भन्न सकिदैन । अझ चीनबाट नेपाली नागरिकलाई आफ्नो देशमा फर्काइएको सन्दर्भमा अधिकांश नेपालीहरु क्रसित रहेका देखिन्छन् । उचित हेरचाह र केयर गरेमा यसबाट बच्न सकिने भएकोले त्यत्ति आत्तिनुपर्ने देखिदैन् ।

तर, यो ‘एअर बर्न डिजिज’ भएकाले खोक्दा, हाछ्युँ गर्दा र बोल्दा एकबाट अर्काेमा सर्ने हुँदा यसप्रति भने हामी सजग रहन अत्यावश्यक रहेको देखिन्छ ।

लक्षणहरु

  • ज्वरो
  • श्वासप्रश्वास सम्बन्धि समस्या
  • रुघाखोकी ।

भाइरस संक्रमित व्यक्तिमा ज्वरो देखा पर्नुलाई स्वभाविक मानिन्छ । तर, उक्त व्यक्तिमा निमोनिया देखा परेको खण्डमा भने सो बिरामीको अवस्था नाजुक हुन जान्छ ।

तसर्थ, आफू तथा आफ्नो परिवार उक्त भाइरसबाट संक्रमित नहोस् र संक्रमण अगावै त्यस्ता समस्याबाट बच्नका लागि हामीले केही कुराहरुमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । ती पक्षहरु निम्न रहेका छन्ः

  •  सकभर हात नमिलाउने
  • मास्कको प्रयोग गर्ने
  • घरपालुवा जनावरबाट टाढा रहने
  • खोक्दा तथा हाछ्युँ गर्दा कुहिनाले मुख छोप्ने
  • पौष्टिक आहारायुक्त खाना सेवन गर्ने ।

को हुन् त जोखिम समुह?

कुनै पनि भाइरसले सबैभन्दा छिटो आक्रमण गर्ने समूह भनेको कमजोर तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु हुन् । यस अर्थमा भन्नुपर्दा लामो समयमा औषधी प्रयोग गरिरहेका व्यक्ति, स–साना बालवालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा कुनै रोगको संक्रमण भएका समूहमा भाइरसले छिट्टै आक्रमण गर्न सक्ने जोखिम रहन्छ ।

यस्तै अन्य सामान्य व्यक्तिको तुलनामा बिरामीसँगको प्रत्यक्ष सम्पर्कमा रहने भएकोले विशेषगरीः स्वास्थ्यकर्मीहरु नै यस रोगको उच्च जोखिममा रहेको देखिन्छ । तसर्थ स्वास्थ्यकर्मीको हकमा उहाँहरुले आफू यस्ता समस्याबाट बच्नको निम्ति निम्न उपायहरु अपनाउनु जरुरी देखिन्छ ।

  • अस्पतालमा शरीर पूर्ण रुपमा ढाक्ने कपडाको प्रयोग गर्ने
  • घर जानुअघि साबुन पानी वा हाई क्वालिटीको अल्कोहल स्वाबले हात धुने
  • नुहाएर पछि मात्र अन्य व्यक्तिको सम्पर्कमा आउने
  • आफूले लगाएको कपडा सकभर छुट्टै राख्ने वा धुने
  • ड्युटी वा अस्पतालमा रहँदा प्रयोग गरिएका कपडा घरमा प्रयोग नगर्ने वा धोएपछि मात्रै प्रयोग गर्ने ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ