२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगडिप्रेसन के हो ? कस्ता हुन्छन् लक्षण ? कसरी गर्न सकिन्छ उपचार ?

डिप्रेसन के हो ? कस्ता हुन्छन् लक्षण ? कसरी गर्न सकिन्छ उपचार ?


डिप्रेशन मानिसको मस्तिष्क सम्बन्धिको रोग हो । यो रोग जुनसुकै समूहको ब्यक्तिमा देखा पर्न सक्दछ । तसर्थ, कोही पनि ब्यक्ति विशेष नभै समय परिस्थितीका कारण जो कोही पनि यो रोगको शिकार हुन सक्छन् । यो मस्तिष्कको रसायनमा हुने परिवर्तनका कारण देखा पर्ने रोग हो । अध्ययनअनुसार, यो रोग हार्माेनमा देखा पर्ने परिवर्तन, वशांणुगत गुणका कारण, विभिन्न चिकित्सा सम्बन्धि समस्याका कारण, चिन्ता, पीडा तथा ब्यक्तिमा आइपर्ने अन्य विभिन्न समस्या (जसले मानसिक चिन्ता बढी दिन्छ ) र ब्यक्तिको एक्लोपना आदिका कारण देखा पर्दछ ।

डिप्रेशन आफैमा एक गम्भीर समस्या हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले यसलाई मानवमा विकार ल्याउने अक्षमताको कारणमा सूचीकृत गरेको छ । अध्ययनअनुसार यो रोगबाट पाँच महिलामध्ये एक र दश पुरुषमध्ये एक पुरुष शिकार हुने निष्कर्ष निकालेको छ । अमेरिकामा गरिएको एक अध्ययनअनुसार, २१ प्रतिशत महिला र १२ प्रतिशत पुरुष आफ्नो जीवनकालमा यो रोगबाट कहि न कहि शिकार हुने गर्दछन् ।

यो रोग कुनै व्यक्ति तथा समुह विशेषलाई देखा पर्ने रोग होइन । जुनसुकै उमेर समूह, महिला, पुरुष, धनी, गरिब, शिक्षित अशिक्षितजस्ता सबै किसिमको व्यक्तिहरु यो रोगको शिकार हुन सक्दछन् । मानिसहरुको जीवनको त्यस्तो कुनै मोड हुँदैन जहाँ हामी उदासिनतामा पीडा महसुस गर्दैनौ । विवाह, अभिभाकत्व, मित्रता, भविष्य, आर्थिक कारोबारजस्ता कुनै न कुनै क्षेत्रमा हामीले आफ्नो जीवन जिउनको निमित्त कुनै न कुनै ठाउँमा सम्झौता गरेका हुन्छौ । र, सँगसँगै त्यस्ता हरेक समयमा हामीले यो रोगसँग पनि सम्झौता गरिरहेका हुन्छौं ।
एक पटक यो रोगबाट शिकार भएका व्यक्तिलाई यो रोगले पटक—पटक आक्रमण गर्ने सक्ने सम्भावना उच्च रहन्छ ।

अझ ब्यक्तिमा भएको मधुमेह, स्ट्रोक, हृद्धयरोग, चिन्ता वा लागु पदार्थ दुव्र्यसनजस्ता सम्बन्धित विकार तथा समस्या भएका ब्यक्तिहरुमा यो रोगले थप जटिलता ल्याउने गर्दछ । तथ्यांकअनुसार, डिप्रेशनका कारण समस्यामा पर्ने व्यक्तिहरु यस रोगको उपचार गर्न खोज्दैनन् । उनीहरु आफै यो रोगको निराकरण गर्ने भन्ने तर्फ अडिग रहन्छन् । तर, डिपे्रशनको सुरुवातीमा नै यो रोगको पहिचान गर्न सकेको खण्डमा यसलाई निर्मुल गर्न सकिन्छ । भर्खरै मात्र शिकार भएको या यो रोगले कम आक्रमण गरेको व्यक्तिहरुलाई विभिन्न किसिमको रणनीतिहरु प्रयोग गरेर मात्रै पनि यो रोगको निराकरण गर्न सकिन्छ ।

डिप्रेशनका प्रमुख कारणहरु

वैज्ञानिकहरुले यस रोगको प्रमुख कारण मस्तिष्कमा आउने गडबडीका कारण बताएपनि यो रोगको मुख्य कारणबारे हालसम्म अध्ययन भैहेको छ । त्यसमध्ये मुख्यतथाः कारणहरु यसप्रकार रहेको देखिन्छ ।
-वशांणुगत गुणका कारण
-हार्माेनको परिवर्तनका कारण
– विभिन्न चिकित्सा सम्बन्धिका कारण
– ब्यक्तिमा मानसिक पीडा दिने विभिन्न समस्याका कारण
-ब्यक्तिमा भएको चिन्ता तथा डरका कारण
-ब्यक्तिको एक्लोपनाका कारण आदि ।

रोगका लक्षणहरु

यस रोगको सुरुवातीमा सबैभन्दा पहिलो देखिने समस्या भनेको व्यक्तिको सोचाइ, विचार, भावना, बानी व्यवहार तथा सम्पूर्ण शरीरमा परिवर्तन देखा पर्नु हो । यसबाहेक पनि यसका केही लक्षणहरु तल प्रस्तुत गरिएको छ ः
भावनात्मक रुपमा आउने परिवर्तन
– चिन्तित रहनु
– कुनै पनि कुराको आशा नलाग्नु
-पश्चातापको भावना आउनु
-मुड परिवर्तन भैरहनु
– झनक्क रिसाउनु
– गरिरहने र मनपर्ने काम तथा गतिविधिमा रुचि घट्नु
-यौनप्रतिको इच्छा पनि घट्दैं जानु
– परिवार तथा साथीभाइको साथ नरुचाउनु ।

विचार अन्तर्गत देखा पर्ने परिवर्तन

-एउटै समस्यामा मात्रै विशेष ध्यान दिनु
– निर्णय लिनमा कठिनाइ हुनु
– सम्झन सक्ने क्षमतामा ह्रास आउनु
-आफूलाई घात हुने कुराहरु मात्र दिमागमा आइरहनु
– भ्रममा पर्नु या रहनु

व्यवहारमा देखिन परिवर्तन

– भीडभाडबाट टाढा रहनु
-कुलतमा फस्नु
-काम तथा पढाइजस्ता दैनिकीबाट टाढिन खोज्नु
-आफैलाई हानी हुने काम गर्न रुचाउनु

शारीरिक परिवर्तन

– थकान तथा शरीरमा उर्जाको कमी महसुस हुने
-अस्पष्टकृत दुखाइको महसुस हुनु
– भोकमा परिवर्तन हुनु
– वजन घट्नु
-वजन बढ्नु
– निन्द्रामा परिवर्तन आउनु (धेरै या कम सुत्नु)
– यौन इच्छामा परिवर्तन आउनु ।

उपचार तथा निर्मुलीकरण

बलिउडको चर्चित नायिका दिपिका पदुकोण पनि एक पटक डिपे्रशनको शिकार भएकी थिइन् । तर, उचित स्वास्थ्योपचारपछि उनी पुनः पहिलेकै अवस्थामा फर्केकी थिइन् । यस अर्थमा भन्नुपर्दा, यो रोग लागे पश्चात् पनि हामी यसबाट रोगबाट छुटकारा पाउन सक्छौ ।

यस रोग निर्मुलनका पनि विभिन्न उपचारहरु रहेका छन् । यो रोगले आक्रमण गरिसकेपछि व्यक्तिमा देखा परेको लक्षणअनुसार रोगका निर्मुलनको फरक—फरक किसिमको उपचार प्रक्रियाहरु रहेका छन् । एक रोगको शंका लाग्नसाथ सर्वप्रथम हामीहरुले मनोचिकित्सकहरुको निर्देशन लिनु पर्दछ । र, सोहीअनुसार विभिन्न औषधिहरुको प्रयोग गर्ने तरिकाहरु अपनाउन सकिन्छ ।

यसका साथै यो रोगबाट ग्रसित बिरामीहरुलाई हामीले एक्लै छोड्नु हुँदैन । उनीहरुको अगाडि विभिन्न किसिमको हौसला प्रदान गर्ने कुरा गर्नुपर्छ । उनीहरुको आत्मविश्वासमा कमी आउने हुँदा बहादुरी काम गर्ने हौसला प्रदान गर्नुपर्छ । उनीहरुमा हर कुरा सम्भव छ र असम्भव कुरामा समय व्यतीत नगरी त्यस कुरालाई त्याग गर्नुपर्छ भन्ने विश्वासको सिर्जना गराउनुपर्छ । उनीहरुलाई मनमा लागेको कुरा निर्धक्कसँग भन्न मिल्ने वातावरण मिलाउनुपर्छ । उनीहरुको सेयर गरेको कुरालाई तथा उनीहरुको पीडालाई मजाकमा लिने गर्नु हुँदैन ।

यसैगरी, कुनै व्यक्ति खुलेर हाँस्न सकिरहेको छैन । उनीहरुलाई भित्रभित्रै केहीले सताइ रहेकोजस्तो लागेमा मात्र पनि हामीले उनीहरुको कुरा बुझी उनीहरुको भावना बाहिर निकाल्ने सहज वातावरणको सिर्जना गर्नु पर्दछ । हामीले हामीसँग सदैव रहिरहने व्यक्तिहरुको व्यवहारमा परिवर्तन आए नआएको ख्याल गर्नुपर्दछ । र, यदि कुनै व्यक्ति केही भन्न चाहिरहेको वा उनीहरु केही लुकाउन खोज्दैछ छ भने, उनीहरुको मनोस्थिती बुझी सोही अनुरुप व्यवहार गर्नुपर्दछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ