२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहामारीविश्व स्वास्थ्य संगठनकाे मास्क प्रयोगमा नयाँ मापदण्ड, कसले कहाँ – कहाँ अनिवार्य लगाउनुपर्ने ?

विश्व स्वास्थ्य संगठनकाे मास्क प्रयोगमा नयाँ मापदण्ड, कसले कहाँ – कहाँ अनिवार्य लगाउनुपर्ने ?


काठमाडौ– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ‘कोभिड–१९ नियन्त्रणमा मास्कको प्रयोग’ सम्बन्धि निर्देशीकामा परिर्वतन गरेको जनाएको छ । पहिलेको तुलनामा केहि नयाँ कुराहरु थपिएको डब्लुएचओका निर्देशक डा ट्रेडोस आन्द्रोम घेब्रेयाससले नियमित प्रेस ब्रिफमा जानकारी दिएका हुन् ।

डब्लूएचओले विश्वलाई गरेको प्रतिबद्धता अनुसार, पछिल्लो क्रममा अपडेट भइरहेका परीक्षणमा आधारित वैज्ञानिक प्रमाण सहितको समाधानका उपायहरु डव्लुएचओले प्रसारीत गरीरहेको उनको भनाइ छ ।

व्यापक प्रसारण(संक्रमणा सम्भावना) हुने स्थानमा अनिवार्य मेडिकल माक्सको प्रयोग गर्ने भनिएको छ । त्यस्तो स्थान भन्नाले क्लिनिकल क्षेत्र तथा स्वास्थ्य सेवा सम्बन्धि काम गर्ने क्षेत्रलाइ तोकिएको छ । उक्त क्षेत्रमा प्रत्येक व्यक्तिलाई मेडिकल मास्कको अनिवार्य प्रयोगको निम्ति सुझाव दिएको छ । मेडिकल मास्कको प्रयोग त्यस्ता क्षेत्रमा कार्यरत कर्मचारीले मात्र नभई कोभिड–१९ को बिरामी स्वयम्ले पनि अनिवार्य रुपमा प्रयोग गर्नुपर्दछ ।

सामुदायिक प्रसारण(संक्रमणा सम्भावना) स्थानमा यस्ता क्षेत्रमा ६० वा सोभन्दा माथि उमेर समूह र स्वास्थ्यमा समस्या भएका व्यक्तिहरुले सामाजिक दूरी कायम गर्न नसकिने स्थानहरुमा मेडिकल मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुपर्दछ ।

सामुदायिक प्रसारण(संक्रमणा सम्भावना) क्रमिक रुपमा बढिरहेको स्थानहरुमा सामान्य व्यक्तिले पनि मास्कको प्रयोग सम्बन्धमो आफ्नो गाइडलाइन्स पनि विकास गरेको छ । व्यापक प्रसारण हुने तथा दूरी कायम राख्न नसकिने स्थानहरु जस्तोः सार्वजनिक यातायात, पसल तथा भिडभाड हुने ठाउँहरुमा पनि मास्कको प्रयोग अनिवार्य रुपमा गराउनु पर्दछ । यसको निमित्त राज्यले सरकारी स्तरबाट नैे आफ्ना देशका जनताहरुलाई जागरुक गराउनु पर्दछ ।

पछिल्लो चरणमा अपडेट भएको गाइडेन्समा डब्लुएचओद्धारा अपेक्षित कपडाले बनाइएको मास्क(फेब्रिक मास्क) सम्बन्धि पनि एक नयाँ जानकारी थप गरिएको छ । उक्त पछिल्लो अध्ययन अनुसन्धान अनुसार, कपडाद्धारा निर्मित मास्क प्रयोग गर्ने हो भने उक्त मास्क कम्तिमा पनि ३ वटा भिन्दा–भिन्दै मेट्रियल्सले बनेको लेयर सहितको हुनुपर्दछ ।

‘प्रत्येकले ख्याल राख्नुपर्ने कुरा के हो भने, मास्कको प्रयोग गर्नुको अर्थ सामाजिक दूरीको अनिवार्यता हटाउनु, हातको स्वच्छतामा ख्याल राख्नु छोड्नु अथवा स्वस्थ स्वास्थ्य मापन गर्न छोड्नु भन्ने होइन ।’ उनले भनेका छन् ‘हामीले मास्कको प्रयोग गरेता पनि यी सबै कुरामा उत्तिकै ध्यान दिनुपर्दछ ।’


क्याटेगोरी : महामारी
ट्याग : #डा ट्रेडोस, #बिश्व स्वास्थ्य संगठन, #मास्क


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ