२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यबच्चाहरु किन स्कुल जान मान्दैनन् ?

बच्चाहरु किन स्कुल जान मान्दैनन् ?


डा. गुञ्जन ध्वंजु
बाल मनोरोग विशेषज्ञ, कान्ति बाल अस्पताल

आज हामी बालवालिकामा देखिने एउटा समस्याबारे चर्चा गर्न लागेका छौ, जुन मानसिक स्वास्थ्य समस्यासँग सम्बन्धित छ । त्यो हो, बच्चाहरु स्कुल जान नखोज्नु । सुन्दा आश्चर्य लाग्न सक्ला तर, बालवालिका स्कुल जान नखोज्नुका पछाडि उनीहरुको मानसिक स्वास्थ्य पनि जोडिएको छ । हाम्रो कार्यक्षेत्रमा अत्याधिक मात्रामा यो समस्या सुनिन्छ ।

बालवालिकाहरु सुरुमा स्कुल गइरहेका हुन्छन् । तर, अचानक केही कारणवश उनीहरु स्कुल जान मान्दैनन् र छोडिदिन्छ । स्कुल नगएको महिनौ दिन बितिसक्दा पनि अभिभावकको उनीहरुलाई विद्यालय पठाउने प्रयास विफल हुन्छ । तर, पनि उनीहरु स्कुल जान मान्दैनन् ।

स्कुल नगएको समयमा बच्चाहरु घरमा नै बसी मोबाइल तथा टेलिभिजनजस्ता विभिन्न वैज्ञानिक उपकरणहरुको प्रयोग गर्ने, इन्टरनेट चलाउने तथा मोबाइलमा गेम खेल्नेजस्ता गतिविधिहरु गरी समय ब्यतीत गर्ने गरेको पाइन्छ । बालवालिकाको यस्ता क्रियाकलापबाट अभिभावकहरु आजित भएका हुन्छन् ।

बच्चाहरु स्कुल जान नमान्नुका मानसिक कारणहरु

  •  मानसिक तनाव
  •  असहज विद्यालय वातावरण
  •  पढाइ गाह्रो लाग्ने भएकोले
  • परीक्षाको डर
  • अन्य बालवालिकाबाट पीडित भएमा
  •  शिक्षकहरुद्वारा कुटपिट तथा यातना दिइएमा

परिणाम

यस्ता समस्याबाट ग्रसित भएका यी बालवालिकाहरुमा परिणाम स्वरुपः स्कुल जान मन नगर्ने, स्कुल जान डराउने, विद्यालय गए पश्चात् पेट तथा टाउको दुखी ज्वरो समेत आउने, यस्तै अन्य विभिन्न शारीरिक समस्याहरु देखा परी विद्यालयले नै घर फर्काउने जस्ता हुन्छ ।

यस्ता मानसिक समस्याबाट ग्रस्त भएका बालवालिकामा स्वास्थ्य जाँच चेक गराउँदा पनि कुनै पनि किसिमको शारीरिक रोग तथा समस्याहरु नदेखिने हुन्छ । अर्थात्, तनावपूर्ण वातावरणहरुले गर्दा बालवालिकामा तनावको लक्षणहरु देखिने जसले शारीरिक रुपमा पनि असहजताको महसुस गराई विद्यालय जान नमान्ने हुन्छ । र, फलस्वरुप उनीहरुलाई पुनः विद्यालय पठाउन गाह्रो हुन्छ ।

विद्यालय नगएको समय प्रायजसोः बालवालिका आफ्नो समय घरमा वा एकान्तमा बसी वा टेलिभिजन, मोबाइलजस्ता सामाग्रीहरुद्वारा व्यतीत गर्ने गर्दछन् ।

रोकथाम तथा उपचार

विद्यालय जाने भनेको सिक्ने बुझ्ने समय हो । यदि बालवालिका विभिन्न कारणवश विद्यालय जाने अवसरबाट पन्छिन खोज्यो भने यसले उसमा आजीवन नकरात्मक असर पार्न सक्दछ । ६ महिनामात्रै पढाइ छुटेको खण्डमा पनि बालवालिकालाई पछि कक्षा रिज्वाइन गर्न गाह्रो हुन्छ । यसबाट उनीहरुमा झन् मानसिक दबाब पर्न जान्छ । तसर्थ यस्ता समस्याहरुलाई हामीले समयमै निराकरण गर्नु पर्दछ ।

बालवालिकामा यस्तो समस्या देखा परेमा सर्वप्रथम हामीले उनीहरुमा के कारणले यस्तो समस्या देखा प¥यो भन्ने विषयको पत्ता लगाई समस्या निराकरण गर्नेतर्फ लाग्नु पर्दछ । त्यसको निम्ति अभिभावकले सम्बन्धित चिकित्सकहरुद्वारा यस सम्बन्धि परामर्श लिन पनि सकिन्छ ।

यसैगरी, यदि बालवालिकामा कडा रुपमा यस्ता समस्याहरु देखा परेमा सम्बन्धित डाक्टरसँग तुरुन्त परामर्श लिई डाक्टरको पेस्क्रिबसन अनुसारको औषधि सेवन पनि गर्नुपर्ने हुन्छ । कुनै पनि विषय बच्चालाई असहज लागेमा आफूले धैर्य राखी उनीहरुले बुझ्ने शैलीमा नबुझेसम्म उनीहरुलाई बुझाउनु पर्दछ । जहाँ हामीले उनीहरुको सामु नरम नम्र रुपमा प्रस्तुत भै आफूले गर्ने व्यवहारमा समेत परिवर्तन ल्याउनु पर्दछ ।


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ