२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश नं. २ मा मास्कको कृत्रिम अभाव

प्रदेश नं. २ मा मास्कको कृत्रिम अभाव


जनकपुरधाम— प्रदेश न.२ को अधिकांश जिल्लामा व्यापारीहरुले मास्कको कृत्रिम अभाव सिर्जना गरेका छन् । दुई साता अघिसम्म सिरहा सहितका विभिन्न अस्पताल तथा मेडिकल हलहरूमा मास्क पाइए पनि कोरोना भाइरसको त्रास बढेसँगै जिल्लाका अस्पताल तथा मेडिकल हलहरूमा मास्कको अभाव देखिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिने हल्ला बढेपछि बजारमा मास्क बिक्री गर्ने डिलरले समेत मास्क दिन नसक्दा मास्क अभाव भएको सिरहा मिर्चैयाका दिनेश मेडिकल हलका संचालक जितेन्द्रकुमार साहले बताए । सिरहाका व्यापारीहरुले काठमाडौंदेखि आयात गरेर मास्क विक्री वितरण गर्दै आएका थिए ।

प्रकृति र विशेषता अनुसार थोकमा प्रति प्याकेट २ सय देखि २ सय ५० रुपैयाँ र खुद्रामा प्रति पिस १० रुपैयाँमा मास्क बिक्री वितरण हुँदै आएको थियो । तर, अहिले सिरहालगायतका बजारमा मास्कको अभाव देखिएको छ । अहिले १० रुपैयामा पाउने मास्क लुकीछिपी ५५ देखि १ सय रुपैयाँमा विक्री वितरण भइरहेको छ ।

विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको प्रभावस्वरुप चीनमै मास्कको खपत बढेपछि आयातमा न्यूनीकरण भएको र बजारमा मास्कको अभाव देखिएको औषधि व्यवसायी जितेन्द्रकुमार साहले बताए । सामान्यतः प्रयोग गरिने कपडाको मास्कको तुलनामा मेडिकल फेस मास्क विशेष मानिन्छ ।

यो मास्क कपडाको मास्क जस्तो स–साना छिद्ररहित हुने र यसलाई बाहिरका कणहरु नटासिने भएकोले यसलाई सुरक्षित मानिन्छ । विशेषगरी उधोगधन्दा तथा कलकारखाना, स्कुल, कलेज, अस्पतालहरुमा यसको प्रयोग तथा माग बढदो छ । सम्पूर्ण विषयवस्तुमा मध्यनजर गर्दै यस किसिमको कालो बजारी रोक्न सम्बन्धित निकायको चनाखो हुनुपर्ने सर्वसाधारण बताउँछन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ