२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सप्तरीका कोरोना संक्रमित एक वृद्धको मृत्यु

सप्तरीका कोरोना संक्रमित एक वृद्धको मृत्यु


जनकपुर– सप्तरीका कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनको बिहिबार मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका–६ का ७२ वर्षीय वृद्धको स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका उनको बुधबार नै स्वाब संकलन गरिएको थियो ।

बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश २, समाचार
ट्याग : #विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #वृद्धको मृत्यु


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ