२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठपालिका स्वास्थ्यऔरहीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना

औरहीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना


धनुषा – सिरहाको औरही गाउँपालिकामा पाँच ५ शैय्याको कोभिड–१९अस्थायी अस्पताल स्थापना भएको छ । गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनलाई कोभिड–१९अस्थायी अस्पताल बनाएको वडा नं ५ को वडा अध्यक्ष दिलिप कुमार यादवले बताए ।

वर्थिङ्ग सेन्टरलाई प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा सारेर पुरानो वर्थिङ्ग सेन्टरलाई नै कोभिड–१९ अस्थायी अस्पताल संचालन गरेको अध्यक्ष यादवले बताए ।

उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका सबै स्थानीय तह सहित सिरहाका १७ वटै स्थानीयतहलाई कोभिड-१९ कोरोना भाइरस न्यूनीकरणको लागि तत्काल ५ वेडको अस्पताल तयारी अवस्थामा राख्न दिएको निर्देशन बमोजिम अस्पतालको स्थापना गरिएको हो ।

मन्त्रालयले प्रत्येक अस्पताल व्यवस्थापन र तीन महिनाको लागि करारमा प्राविधिक कर्मचारी भर्ना गर्न १० लाख रकम पनि उपलब्ध गराएको छ । जसमा एउटा मेडिकल अधिकृत (एमबीबीएस), दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी रहेकोे छ ।

गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक उपेन्द्र कुमार यादवका अनुसार गाउँपालिकामा जम्मा २७ हजार जनसंख्यालाई लक्षित गरी यो अस्पताल संचालन रहेको छ ।

‘सकेसम्म हाम्रो चाहना छ यो अस्पतालमा कुनै पनि कोभिड पोजेटिभ विरामी आउन नपरोस । यदि आइहाले बिरामीको खानपिनको सम्पूर्ण खर्च बेहोर्ने छ । चाँडै नै कोरोनाको भ्याक्सिन नेपाल सरकारले खरिद गरि सम्पुर्ण नेपालीलाई उपलब्ध गराउनेछ ।’ ,उनले भने ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, दोस्रोमा सुरक्षाकर्मी, तेस्रोमा जनप्रतिनिधि, ज्येष्ठ नागरिक रहेको र पहिलो चरणमा एक सय ९२ जनाको नामावली पठाएको अध्यक्ष यादवले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. नवीन कुमार महतोले आफ्नो मन्तव्य राख्दै भने, ‘पोजेटिभ बिरामीहरुलाई  उपचार गरेर मात्र सम्भव हुँदैन । उनीहरुलाई मनोवैज्ञानिक परामर्शको पनि खाँचो रहेको छ ।’


क्याटेगोरी : पालिका स्वास्थ्य, प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ