२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठपालिका स्वास्थ्यक्षिरेश्वरनाथ नगरपालिकामा पाँच शैय्याको कोभिड–१९ अस्थायी अस्पताल उद्घाटन

क्षिरेश्वरनाथ नगरपालिकामा पाँच शैय्याको कोभिड–१९ अस्थायी अस्पताल उद्घाटन


धनुषा – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा पाँच वेड क्षमताको कोभिड–१९ अस्थायी अस्पतालको उद्घाटन गरिएको छ । महेन्द्रनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले अस्पतालको उद्घाटन गर्दै सबैमा सहयोग गर्न आग्रह गरेका छन् ।

उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका सबै स्थानीय तहलाई कोभिड-१९ कोरोना भाइरस न्यूनीकरणको लागि तत्काल ५ शैय्याको अस्पताल तयारी अवस्थामा राख्न दिएको निर्देशन बमोजिम अस्पतालको स्थापना गरिएको हो ।

मन्त्रालयले प्रत्येक अस्पताल व्यवस्थापन र तीन महिनाको लागि करारमा प्राविधिक कर्मचारी भर्ना गर्न १० लाख रकम पनि उपलब्ध गराएको छ । जसमा एउटा मेडिकल अधिकृत (एमबीबीएस), दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी रहेकोे छ ।

नगरपालिकाको स्वास्थ्य शाखा सह-संयोजक प्रदिप यादवका अनुसार नगरपालिकामा रहेको सबै जनसंख्यालाई लक्षित गरी यो अस्पताल संचालन रहेको छ ।

‘सकेसम्म हाम्रो चाहना छ यो अस्पतालमा कुनै पनि कोभिड पोजेटिभ बिरामी परेर  आउन नपरोस । यदि आइहालेमा  बिरामीको खानपिनको सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने छ ।,’सह-संयोजक प्रदिप यादवले भने, ‘पोजेटिभ बिरामीहरुलाई उपचार गरेर मात्र सम्भव हुँदैन । उनीहरुलाई मनोवैज्ञानिक परामर्शको पनि खाँचो रहेको छ ।’


क्याटेगोरी : पालिका स्वास्थ्य, प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ