२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सप्तरीमा आजदेखि बैंक तथा वित्तिय संस्था बन्द

सप्तरीमा आजदेखि बैंक तथा वित्तिय संस्था बन्द


धनुषा – सप्तरी जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले बैंक तथा वित्तिय संस्थाहरु पनि आजदेखि बन्द गरेको छ । सात दिनका लागि बैंक तथा वित्तिय संस्थाहरु बन्द राख्न प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले आदेश जारी गरेका हुन् ।

यता,जिल्लाका सबै कार्यालयलाई गाडी तयारी अवस्थामा राख्न पनि निर्देशन दिएको छ । आवश्यकता परेमा सरकारी सबै गाडी कोभिड रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा प्रयोग गर्न सकिने बताए ।

कोभिड रोकथाम तथा नियन्त्रणमा के सहयोग गर्न सकिन्छ भन्ने कुरा तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयको इमेलमा पठाउन पनि प्रजिअ पोखरेलले निर्देशन दिएका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)