२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ सरकारद्वारा पत्रकारहरुलाई सुरक्षा सामग्री हस्तान्तरण

प्रदेश २ सरकारद्वारा पत्रकारहरुलाई सुरक्षा सामग्री हस्तान्तरण


धनुषा – प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनकपुरका पत्रकारहरुलाई सोमबार सुरक्षा सामग्री उपलब्ध गराएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले नेपाल पत्रकार महासंघ प्रदेश २ समिति र आठवटै जिल्लाका कार्य समितिलाई थर्मोगन एकथान, अक्सिमिटर एकथान हस्तान्तरण गरेका छन् ।

त्यस्तै, एकजना पत्रकारलाई सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर सय एमएलको दुईवटा बोतल, ग्लोभ्स २ वटा, फेस शिल्ड २ वटा हस्तान्तरण गरेका हुन ।

कोभिड-१९ को संक्रमण हुनबाट जोगाउने उद्देश्यका साथ मिडिया काउन्सिल मार्फत आन्तरिक मामिला तथा कानून मन्त्रालयले आठवटै जिल्लाका पत्रकारहरुलाई सो सामाग्री उपलब्ध गराएको हुन ।

मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मन्त्री यादव मार्फत सो सामाग्री नेपाल पत्रकार महासंघ २ का अध्यक्ष राजेश कर्ण र धनुषा उपाध्यक्ष अवधेश कामतलाई हस्तान्तरण गराएका हुन ।

सुरक्षा समाग्री हस्तान्तरण गर्दै मन्त्री यादवले भने, ‘फ्रन्टलाईमा कार्य गर्ने पत्रकारहरुको सुरक्षाको दायित्व समेत प्रदेश सरकारको रहेको छ । यो समाग्री पर्याप्त छैन, तर आउने दिनमा पनि सहयोग रहनेछ ।’ कोरोना रोगबाट दुईजना पत्रकारको मृत्यु भएको परिवारजनलाई मन्त्री परिषद्को बैठकबाट राहत उपलब्ध गराउने मन्त्री यादवले अश्वासन समेत दिएका छन् ।

यता, मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले पहिलो चरणमा यी समाग्रीहरु ८ सय पत्रकारहरुलाई दिइने जानकारी गराएका छन् ।स्मरणीय के छ भने केही दिन अघि नेपाल पत्रकार महासंघ प्रदेश समितिले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सुरक्षा समाग्रीको माँग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

 


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ