२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २अस्पतालको बेडबाट लडेर कोभिड-१९ संक्रमित महिलाको मृत्यु

अस्पतालको बेडबाट लडेर कोभिड-१९ संक्रमित महिलाको मृत्यु


धनुषा – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचारका क्रममा एक संक्रमित महिलाको बेडबाट लडेर मृत्यु भएको छ ।  सिरहा गोलबजारकी ५५ वर्षीया संक्रमित महिलाको अस्पतालको बेडबाट लडेर मृत्यु भएको हो ।

अस्पतालमा उपचाररत ती महिलाको मृत्युपछि परिवारले शव बुझ्न मानेका छैनन् । मृतक महिलाको ज्वाँई धननारायण श्रेष्ठले अस्पतालले साँझ ७ बजे कोभिड युनिटमा उपचारका क्रममा बेडबाट लगेर मृत्यु भएको बताए । तर, उनले उपचारमा रहेको बेडबाट लडेर अस्पतालमै कसैको मृत्यु हुनुलाई समान्य रुपमा लिन नसकिने बताए ।

‘सासु आमाको मृत्युको घटना रहस्यमय छ,’ श्रेष्ठले भने, ‘अस्पतालको बेडबाट बिरामी लडेर मृत्यु हुने कुरा पत्याउन सकिन्न् ।’ घटनाको निष्पक्ष छानबीन हुनुपर्छ । आफुहरुले आमाको मृत्युको कारण थाहा पाउँन अस्पतालको सिसि क्यामेराको फुटेज हर्न पाउनुपर्ने उनले बताए ।

मृतकलाई सुगर बढेपछि परिवारजनले जनकपुर अस्पताल लगेका थिए । त्यहाँबाट वीपी रिफर भएपछि धरान ल्याएका थिए । दुई दिन इर्मजेन्सीमा राखेपछि पिसिआर गर्दा पोजेटिभ रिपोर्ट आएको र कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

जनकपुरमा कोभिड परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको छोराको भनाई छ । कोभिड अस्पतलामा भर्ना हुँदा पनि आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको उनको भनाई छ । प्रतिष्ठानको कोरोना अस्पतालको फोकल पर्सन डा. विकास शाहले घटनाको बारेमा बुझ्ने काम भइरहेको बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ