गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्सामा ३० जेठसम्म निषेधाज्ञा जारी रहने पर्सामा ३० जेठसम्म निषेधाज्ञा जारी रहने हेल्थ आवाज बुधबार, २०७८ जेठ १९ गते, १७:४६ मा प्रकाशित धनुषा – कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा लगाइएको निषेधाज्ञालाई जेठ ३० गतेसम्म थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिकोे बुधबार बसेको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो । संक्रमणको श्रृंखला तोड्न निषेधाज्ञा उपयोगी देखिएकोले जेठ ३० गते राति १२ बजेसम्म थप गर्न प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरिएको समितिको निर्णयमा उल्लेख छ । संक्रमणको दोस्रो लहर सुरु भएपछि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको छ । एक महिनाभन्दा बढी समय निरन्तर निषेधाज्ञा जारी राख्दा व्यापार व्यवसाय चौपट भएको भन्दै कतिपयले खुकुलो गर्न माग गर्दै आएका छन् भने पछिल्ला दिनमा निषेधाज्ञाको अवज्ञा गर्ने क्रम पनि बढेको छ । बैठकले कोभिड–१९ महामारीको समयमा जेठ १९ गतेसम्म शव व्यवस्थापनका लागि खर्च गरिएको ३ लाख ७१ हजार ६ सय १५ रुपैयाँ, क्वारेन्टिनर होल्डिङ सेन्टर व्यवस्थापनमा खर्च गरिएको ७६ हजार १ सय रुपैयाँ र अनुगमन र कन्ट्याक्ट ट्रेसिङ लगायत कार्यमा सवारी साधनको इन्धनका लागि २ लाख ८ हजार ८ सय ६० रुपैयाँ गरी जम्मा ६ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ खर्च समर्थन गर्ने निर्णय समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले वताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति विराटको मुटु रोग विभागमा १६ शय्या थप नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको… औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित नाकको शल्यक्रिया गरिएको बालकको नोबेलमा आँखाको ज्योति गुम्यो धेरै पढिएका १ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर २ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ५ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु TFN ट्रेण्डिङ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोशी प्रदेशका चिकित्सकसँग डा. बद्री : ‘सुरक्षित सेवा र सम्मानजनक पेसा नै हाम्रो लक्ष्य नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोशी प्रदेशका चिकित्सकसँग डा. बद्री : ‘सुरक्षित सेवा र सम्मानजनक पेसा नै हाम्रो लक्ष्य नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना