२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोभिड-१९बाट निको भएका सिरहाका पूर्वसांसद वाइबाको निधन

कोभिड-१९बाट निको भएका सिरहाका पूर्वसांसद वाइबाको निधन


धनुषा – पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विएल वाइबा नामले परिचित विष्णु बहादुर तामाङको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

संक्रमणबाट मुक्त भइसकेका उनको उपचारको सिलसिलामा सुगर लेभल एक्कासी बढी भएर झापाको दमकमा रहेको आम्दा अस्पतालमा मृत्यु भएको परिवार्जनले जनाएको छ ।

२०४८ सालको आम निर्वाचनमा उनी सिरहा क्षेत्र नंं ५ बाट तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए । उनी कम्यूनिष्ट आदर्श र सोशित पीडित जनताप्रति समर्पित नेताको रुपमा परिचित थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)