२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २भरतपुर आँखा अस्पतालद्वारा सर्लाहीका ३ हजार बढीको आँखाको उपचार

भरतपुर आँखा अस्पतालद्वारा सर्लाहीका ३ हजार बढीको आँखाको उपचार


मलंगवा—नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले सर्लाही पुगेर तीन हजार ३९ जना आँखाका बिरामीको उपचार गरेको छ । अस्पतालले मंसिर २२ देखि २९ गतेसम्म दुई ठाउँमा शिविर सञ्चालन गरी आँखा परीक्षण र शल्यक्रिया गरेको हो ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार डाक फाउण्डेशनको सहयोगमा गोडैता नगरपालिका र सगुन बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा आधारभूत स्वास्थ्य चौकी गडौटामा मंसिर २३ देखि २७ गतेसम्म शिविर सञ्चालन गरिएको हो ।

उक्त शिविरमा ८९४ जनाको आँखाको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको उनले जानकारी दिए । सो शिविरमा मंसिर २६ र २७ गते २४१ जनाको निःशुल्क मोतियाविन्दको शल्यक्रिया गरिएको छ ।

यस्तै, सर्लाहीकै हरिवनमा रहेको चतुरभुजेश्वर शिव मन्दिरमा शिविर गरिएको छ । मंसिर २३ गतेबाट २९ गतेसम्म सञ्चालित उक्त शिविरलाई डाक फाउण्डेशनले सहयोग गरेको थियो भने गोडैता नगरपालिका र सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनले सहकार्य गरेका थिए ।

उक्त शिविरमा दुई हजार १४५ जनाको निःशुल्क आँखा परीक्षण र औषधि वितरण गरिएको घिमिरेले जानकारी दिएका छन् । सो शिविरमा २६२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । दुवै शिविरमा भरतपुर अस्पतालका नेत्ररोग विशेषज्ञ डा। पुष्पा गिरी श्रेष्ठ र डा। रञ्जित साहले उपचार तथा शल्यक्रिया गरेका हुन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ