२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नेशनल मेडिकल कलेजमा इण्डोमेट्रीओमा भएकी युवतीको सफल शल्यक्रिया

नेशनल मेडिकल कलेजमा इण्डोमेट्रीओमा भएकी युवतीको सफल शल्यक्रिया


वीरगन्ज—नेशनल मेडिकल कलेजमा १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । गत बिहीबार महिनावारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रीओमा)लाई ल्याप्रोस्कोपी सर्जरी गरेर निकालिएको हो ।

कलेजका चिकित्सक डा. प्रवीण शाह, डा. रुवी श्रेष्ठ, रेजिडेन्ट डा. सरोज यादव, डा. स्नेहा श्रेष्ठको टिमले लामो समयदेखि इण्डोमेट्रीओमाबाट पीडित युवतीको सफल शल्यक्रिया गरेको हो । कलैया घर भएकी ती युवती लामो समयदेखि अनियमित महिनावारी हुने तथा महिनावारीका समयमा अत्याधिक पेट दुख्ने समस्याबाट पीडित थिइन् । उनी पाँच महिना अगाडि नै नेशनल मेडिकल कलेजमा उपचारका लागि आएपनि काठमाडौं समेत गएर स्वास्थ्य जाँच गराउँदा अप्रेसन गर्न सल्लाह दिइएको थियो । त्यसपछि उनी नेशनल मेडिकल कलेजमै गएर सोको उपचार गरेकी हुन् ।

‘उहाँ पाँच महिना अगाडि नै आउनु भएको थियो । बीचमा काठमाडौं पनि जानुभयो । नेशनल मेडिकल कलेजमै ल्याप्रोस्कोपी विधिबाट अप्रेसन हुन्छ भनेपछि यहीँ आउनु भयो र हामीले तीन वटा प्वाँल पारेर ८.८ सेमीको सिस्ट निकाल्यौं,’ शल्यक्रियामा संलग्न डा. प्रवीण साहले भने । शल्यक्रियामा कलेजका एनेस्थेसियाका डा.असिम गौडेल, रेजिडेन्ट डा.मेलिना असप्रित तथा ओटी स्टाफ इब्राहिम अन्सारीले सहयोग गरेका थिए ।

कुनैपनि महिलाहरुमा महिावारीमा अनियमितता, महिनावारी हुँदा अत्याधिक पेट दुख्ने समस्या भएमा डिम्बासयमा इण्डोमेट्रीओमाको जोखिम हुन्छ । अनियमित महिनावारी हुने सय जना महिनाहरुमा १० प्रतिशतलाई इण्डोमेट्रीओमाको जोखिम हुने डा. साहले जानकारी दिए ।

स्त्री तथा प्रसुति सेवाका लागि अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सकहरु रहेको नेशनल मेडिकल कलेजकी निर्देशक नुसरत जहाँ अन्सारीले बताइन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ