२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ गौर प्रादेशिक अस्पतालका ११ जना चिकित्सकद्वारा तीन महिनाको पारिश्रमिक उपलब्ध गराउन माग

गौर प्रादेशिक अस्पतालका ११ जना चिकित्सकद्वारा तीन महिनाको पारिश्रमिक उपलब्ध गराउन माग

तलब भत्ता नदिए ७ माघबाट सेवा नदिने अल्टिमेटम


काठमाडौं—रौतहटस्थित गौर प्रादेशिक अस्पतालका ११ जना चिकित्सकहरुले तीन महिनाको तलब भत्ता उपलब्ध गराउन माग गरेका छन् । बुधबार अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टलाई पत्र लेख्दैं उनीहरुले तीन महिनाको तलब भत्ता उपलब्ध नगराए ७ माघबाट सेवा नदिने अल्टिमेटम दिएका छन् ।

चिकित्सकहरुले तलब भत्ता भुक्तानी नभए ७ माघबाट आफूहरुको तलब भत्ता उपलब्ध नगराए आफूहरु बाध्यतापूर्वक सेवा सुविधाहरु दिन असक्षम हुने उल्लेख गरेका छन् । ‘अस्पताल प्रशासन तथा व्यवस्थापन समितिबाट कुनै पनि लिखित निर्णय आउन नसकेको हुनाले अब उप्रान्त मिति २०८०/१०/०७ गतेदेखि हामी यस अस्पतालसँग आवद्ध चिकित्सकहरु बाध्यतापूर्वक सेवा सुविधाहरु दिन असक्षम छौं भन्ने कुरा यो निवेदनमार्फत जानकारी गराउन चाहन्छौं,’ चिकित्सकहरुले मेसुलाई बुझाएको पत्रमा भनेका छन् ।

चिकित्सकहरुले यसअघि पनि पटक—पटक मौखिक आग्रह गर्दा एक हप्ता, पन्ध्र दिन, महिनामा दिन्छौै भन्ने आश्वासनमात्रै पाएको उल्लेख पत्रमा उल्लेख गरेका छन् ।

अस्पतालका निमित्त मेसुलाई लेखिएको उक्त निवेदन मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यलय रौतहट, स्वास्थ्य सेवा विभाग टेकु र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोधार्थ पठाइएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ