२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २गौर प्रादेशिक अस्पतालका ११ जना चिकित्सकद्वारा तीन महिनाको पारिश्रमिक उपलब्ध गराउन माग

गौर प्रादेशिक अस्पतालका ११ जना चिकित्सकद्वारा तीन महिनाको पारिश्रमिक उपलब्ध गराउन माग

तलब भत्ता नदिए ७ माघबाट सेवा नदिने अल्टिमेटम


काठमाडौं—रौतहटस्थित गौर प्रादेशिक अस्पतालका ११ जना चिकित्सकहरुले तीन महिनाको तलब भत्ता उपलब्ध गराउन माग गरेका छन् । बुधबार अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टलाई पत्र लेख्दैं उनीहरुले तीन महिनाको तलब भत्ता उपलब्ध नगराए ७ माघबाट सेवा नदिने अल्टिमेटम दिएका छन् ।

चिकित्सकहरुले तलब भत्ता भुक्तानी नभए ७ माघबाट आफूहरुको तलब भत्ता उपलब्ध नगराए आफूहरु बाध्यतापूर्वक सेवा सुविधाहरु दिन असक्षम हुने उल्लेख गरेका छन् । ‘अस्पताल प्रशासन तथा व्यवस्थापन समितिबाट कुनै पनि लिखित निर्णय आउन नसकेको हुनाले अब उप्रान्त मिति २०८०/१०/०७ गतेदेखि हामी यस अस्पतालसँग आवद्ध चिकित्सकहरु बाध्यतापूर्वक सेवा सुविधाहरु दिन असक्षम छौं भन्ने कुरा यो निवेदनमार्फत जानकारी गराउन चाहन्छौं,’ चिकित्सकहरुले मेसुलाई बुझाएको पत्रमा भनेका छन् ।

चिकित्सकहरुले यसअघि पनि पटक—पटक मौखिक आग्रह गर्दा एक हप्ता, पन्ध्र दिन, महिनामा दिन्छौै भन्ने आश्वासनमात्रै पाएको उल्लेख पत्रमा उल्लेख गरेका छन् ।

अस्पतालका निमित्त मेसुलाई लेखिएको उक्त निवेदन मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यलय रौतहट, स्वास्थ्य सेवा विभाग टेकु र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोधार्थ पठाइएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ