२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सरकारले अस्पतालका लागि भएको प्रदर्शनमा मृत्यु भएका साहको परिवारलाई १० लाख रुपैयाँ दिने

सरकारले अस्पतालका लागि भएको प्रदर्शनमा मृत्यु भएका साहको परिवारलाई १० लाख रुपैयाँ दिने


काठमाडौं—सरकारले अस्पताल बनाउन माग गर्दै सर्लाहीको बथरहवा भएको प्रदर्शनका क्रममा मृत्यु भएका जयशंकर शाहको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।

२० पुसमा प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउन माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि साहको मृत्यु भएको थियो ।

सर्लाही जिल्ला बरहथवा नगरपालिका—६ बस्ने मृतक साहको परिवारलाई आर्थिक सहायता स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ