२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मधेश प्रदेश सरकारबाट बाहिरिए स्वास्थ्यसहितका एमालेका मन्त्रीहरु

मधेश प्रदेश सरकारबाट बाहिरिए स्वास्थ्यसहितका एमालेका मन्त्रीहरु


जनकपुरधाम—मधेश प्रदेश सरकारबाट नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्यासहितका मन्त्रीहरु बाहिरिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहसहित एमालेका ६ मन्त्रीले राजीनामा दिएका हुन् ।

एमालेका स्वास्थ्यमन्त्री सिंह, भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, शिक्षा तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्यमन्त्री शारदा थापाले राजीनामा दिएका हुन् ।

एमाले मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । एमालेले मधेश प्रदेश सरकारबाट समर्थन पनि फिर्ता लिएको छ ।

यसअघि आइतबार नै नेकपा माओवादी केन्द्रले पनि मधेश सरकारबाट समर्थन फिर्ता लिएको छ । मधेशमा एमाले नेतृत्वमा जनमत, माओवादी केन्द्र र लोसपा मिलेर सरकार बनाउने सम्भावना छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ