काठमाडौं—सिरहा नगरपालिकाकी पूर्व उपमेयर डा. नमिता यादव हाम्रो नेपाली पार्टीमा प्रवेश गरेकी छन् । ०७४ को स्थानीय निर्वाचनमा उनी सिरहा नगरपालिकामा एमालेबाट उपमेयरमा विजयी भएकी थिइन् ।
उपमेयरको कार्यकालय सकिएपछि डा. नमितालाई एमालेले कुनै पनि जिम्मेवारी दिएको थिएन् । उनले पटक—पटक पार्टी नेतृत्वलाई पार्टी जिम्मेवारी दिन आग्रह गर्दा पनि सुनुवाई नगरेपछि उनी नयाँ पार्टी हाम्रो पार्टी नेपालकी उपभासपति भएकी बनेकी हुन् ।
हाम्रो पार्टी नेपाल दलित अभियन्ता खगेन्द्र सुनारले नेतृत्व गरेको पार्टी हो ।
‘एमालेमा काम गर्छु भन्दा पनि गर्न नदिने रहेछन्,’ उनले भनिन्, ‘म उपमेयर भइसकेको, पढेलेखेको मान्छेलाई त्यो पार्टीले जिम्मेवारी दिएन् । वडा कमिटीमा पनि स्थान दिएन् ।’ एमाले काम गर्नै नदिने, अगाडि बढ्न पनि नदिने र जिम्मेवारी नदिने व्यवहार देखाएपछि आफूले जनताका लागि काम गर्न नयाँ पार्टी रोजेको उनले बताइन् ।
डा. नमिताले जनरल प्रयाक्टिस एण्ड इमर्जेन्सी मेडिसिनमा धरानबाट र गाइनोमा चीनबाट एमडी गरेकी छन् ।
यो पनि पढ्नुहोस्