२०८२ मंसीर २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति

नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति


जनकपुर—नेपाल फार्मेसी संघ धनुषाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार ‘जहाँ औषधी, त्यहाँ फार्मासिस्ट’ भन्ने मूल नारासहित अधिवेशन सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट ११ सदस्यीय धनुषा जिल्ला समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा निरजकुमार मण्डल चयन भएका छन्। यस्तै, उपाध्यक्षमा अरुणकुमार साह, कोषाध्यक्षमा अजितकुमार ठाकुर, महासचिवमा सुदिपकुमार महतो तथा सचिवमा त्रिलोक कुमार साह चयन भएका छन् ।

समितिका सदस्यहरूमा विजयकुमार भगत, गुलाम मुस्तुफा, संजीप महतो, राम ईश्वर साह, रवीन्द्र कुमार महतो तथा रुपेशकुमार दास चयन भएका छन् ।

नवगठित समितिले धनुषा जिल्लामा फार्मेसी पेशालाई व्यवस्थित, मर्यादित र सुदृढ बनाउँदै पेशागत हकहितको संरक्षणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा विशेष अतिथिका रूपमा फार्मेसिस्ट सूर्य गुप्ता र सुदर्शन सिंहको उपस्थिति रहेको थियो। उक्त अधिवेशनलाई मधेश प्रदेश समितिका कार्यवाहक अध्यक्ष मुकेश साह र महासचिव अमरनाथ साहको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ