२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिनमा थपिए ४२५ संक्रमित

एकैदिनमा थपिए ४२५ संक्रमित


काठमाडौं—थप ४ सय २५ जनामा कोभिड—१९ पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० भएको छ । आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  ४ सय २५ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् ।

थपिएका संक्रमित मध्ये ३ सय ७५ जना पुरुष र ५० जना महिला रहेका छन् । प्रवक्ता डा. गौतमकाअनुसार प्रादेशिक जनस्वास्थ्य विराटनगरमा भएको परीक्षणमा २५ जनामा संक्रमण देखिएको छ । जसमध्ये मोरङमा २५ जना, सुनसरीमा १ जना झापाका १ जना रहेका छन् ।  कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १० जनामा संक्रमण पुष्टि भएको छ।

यता,  नारायणी अस्पताल प्रयोगशालमा पर्साका १७, बाराका ९, सर्लाहीका १ र रौतहटका ७ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पोखरा प्रयोगशालामा नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको छ।   सेती अस्पताल प्रयोगशालामा गरिएको परीक्ष्णमा ६४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये  कैलालीका १२ डोटीका ३ जना बझाङ ५ डडेलधुरा २४ कञ्चनपुर २० जनामा संक्रमण पुष्टि भएको हो। भेरी अस्पताल प्रयोगशालमा भएको परीक्षणमा बाँके र बर्दियाका ३/३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै रुकुम पश्चिम १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा प्युठानका २ र दाङका ५६ जना महिलामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रादेशिक जनकपुर प्रादेशिक अस्पतालको परीक्षणमा रौतहटका १७, धनुषाका १ जनामा संक्रमण पुष्टि भएको छ।

धुलिखेल अस्पताल प्रयोगशालामा रामेछापका २ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गुल्मीका ८ जना नवलपरासी पश्चिमका २ जना रुपन्देहीका २० जना र पालपाका १७ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ३४ र दैलेखका २९ जनामा संक्रमण पुष्टि भएको छ। हेटौंडामा गरिएको परीक्षणणमा रौतहट र सिन्धुलीका एक, एक जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा धादिङका २५ जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा रौतहटका ५१, रुपन्देहीका ६, सर्लाहीका ५ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ६१ संक्रमित डिस्चार्ज भएका छन् ।  जसमध्ये ६ जना महिला ५६ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या ९ सय ७४ रहेको छ ।

आज थप रुकुम पुर्व जिल्लामा संक्रमण देखिएसँगै ७३ जिल्लामा संक्रमणको केस देखिएको छ । यस्तै, गुल्मीका एक पुरुष संक्रमितको मृत्यु भएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ