काठमाडौं—नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलले विशेष ‘तीज हेल्थ प्याकेज’ सार्वजनिक गरेको छ । ‘संस्कार, संस्कृति र स्वास्थ्य सँगसँगै’ भन्ने नाराका साथ अस्पतालले महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै ४३ प्रतिशत छुटसहितको प्याकेज ल्याएको हो ।
अस्पतालका अनुसार स्वस्थ नारी नै सुखी परिवारको आधार भएकोले तीजको अवसरमा महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउन यो योजना ल्याइएको हो ।
उक्त प्याकेजअन्तर्गत अस्पतालले दुई प्रकारका सुविधाहरु उपलब्ध गराएको छ । पहिलो सुविधा अन्तर्गत ९,४०० रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण मात्र ५,४०० रुपैयाँमा उपलब्ध हुनेछ ।
उक्त सुविधाअन्तर्गत स्त्री रोग विशेषज्ञसँगको परामर्श, सुगर, युरिया, क्रिटिनाइन, कलेजो जाँच, थाइराइड, पिसाब परीक्षण, रगत परीक्षण, पाठेघरको मुखको क्यान्सर जाँच र पेट तथा तल्लो पेटको भिडियो एक्सरे समावेश गरिएको छ ।
त्यस्तै, दोस्रो सुविधाअन्तर्गत १३,५८० रुपैयाँ बराबरको सेवा ७,८०० रुपैयाँमा प्रदान गरिनेछ । यस सुविधाअन्तर्गत स्त्री रोग विशेषज्ञसँगको परामर्श, सुगर, युरिया, क्रिटिनाइन, कलेजो जाँच, थाइराइड, पिसाब परीक्षण, रगत परीक्षण, पाठेघरको मुखको क्यान्सर जाँच र पेट तथा तल्लो पेटको भिडियो एक्सरेका साथै एचपिभी परीक्षणको सुविधा थप गरिएको अस्पतालले जनाएको छ ।
उक्त प्याकेज लिने विरामीले अन्य अतिरिक्त ल्याब परीक्षणमा १० प्रतिशत छुट प्राप्त गर्ने अस्पतालले जनाएको छ । अस्पतालको यो विशेष अफर आगामी २०८३ भदौ ३१ गतेसम्म लागू हुनेछ ।