२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशजिल्ला विपद व्यवस्थापन समितिलाई स्वास्थ्य उपकरण

जिल्ला विपद व्यवस्थापन समितिलाई स्वास्थ्य उपकरण


दोलखा-युकेमा कार्यरत नेपालीहरुको पहलमा स्वास्थ्य उपकरण प्राप्त भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका सुनखानी निवासी हाल रोजगारको शिलशिलामा युकेमा कार्यरत लक्ष्मण चिमोरियाको पहलमा बिरामीलाई अतिआवश्यक अक्सिजनको उपकरण दोलखामा पठाइएको थियो ।

उनले युकेमा कार्यरत नेपालीहरुले आर्थिक संकलन गरी नेपालका विभिन्न जिल्लामा सहयोग गरेको बताए । आज जिल्ला विपद व्यवस्थापन समिति दोलखाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीलाई प्राप्त स्वास्थ्य उपकरण प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको समन्वयमा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष शिवाकोटीलाई उपकरण हस्तान्तरण गरिएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामा, सचिव विनिता शिवाकोटी र महासंघका पूर्वकेन्द्रीय सदस्य चिरञ्जीवी मास्केले संयुक्तरुपमा प्रमुख जिल्ला अधिकारी शिवाकोटीलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरस (कोभिड) १९) को कारण जिल्लामा पनि दिनानुदिन संक्रमित संख्या बढ्दै गएको कारण सक्रिय संक्रमितको उपचार्थ उक्त उपकरण उपयोगी हुने प्रमुख जिल्ला अधिकारी शिवाकोटीले बताए । तत्काल जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसी सहयोगी निकायलाई धन्यवाद दिनुको साथै आवश्यकता हेरी स्वास्थ्य संस्थालाई उपकरण हस्तान्तरण गर्ने बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ