२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशगाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्ने

गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्ने


दोलखा—दोलखाको कालिञ्चोक गाउँपालिकाले आफ्ना नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । सबै नागरिकलाई स्वास्थ्य सेवा दिने उद्धेश्यले पालिकाभित्रका ९ वटै वडाका नागरिकलाई स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको छ । यस पालिकामा बढी थामी समुदायको बसोबास रहेको छ ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमाका लागि नागरिकले तिर्नुपर्ने सबै रकम पालिका आफैले तिरिदिने निर्णय गरेको हो । पालिका अध्यक्ष थामीका अनुसार पालिकाका ९ वटै वडामा एक एक जना स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी राखिएकाले उनीहरुमार्फत ७ बैशाखबाट नागरिकको निःशुल्क स्वास्थ्य बिमा सुरु गरिनेछ ।

नागरिकको निःशुल्क स्वास्थ्य बिमाका लागि तत्काल पालिकाले करिब ३५ लाख रकम विनियोजन गरेको छ भने थप आवश्यक रकम पालिकाले व्यहोर्ने जनाएको छ । पालिकामा ८ हजार ३२ घरपरिवार रहेका कालिञ्चोक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील श्रेष्ठले जानकारी दिए ।

बिमा बापत वार्षिक १ लाख रुपैयाँसम्मको प्रति परिवारले ल्याव, भर्ना, औषधिदेखि स्वास्थ्य परामर्शलगायत सेवा पाउने छन् । बिमाका लागि प्रति घरपरिवार ५ जनाको एउटा ईकाई राखेकाले ३ हजार ५ सय रुपैयाँ तिरे पुग्नेछ भने ५ जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा प्रति सदस्य अतिरिक्त ७ सय रुपैयाँ बिमितले तिर्नुपर्नेछ ।

दोलखामा २५ चैत्रबाट स्वास्थ्य बिमाको दर्ता प्रक्रिया सुरु भएको छ । जिल्लाका ९ स्थानीय तहका ७४ वटै वडामा चैत्र २५ गतेबाट बिमाको अभिलेखीकरण दर्ता प्रक्रिया सुरु गरिएको छ । आगामी २०७८ साल १ जेठबाट जिल्लाका नागरिकले बिमाको सेवा पाउने गरी सुरु गरिएको हो ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ