गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ भीमेश्वरमा कोभिड संक्रमितलाई २ हजार पोषण र ८ हजार एम्बुलेन्स खर्च भीमेश्वरमा कोभिड संक्रमितलाई २ हजार पोषण र ८ हजार एम्बुलेन्स खर्च जीवन लामा बुधबार, २०७८ वैशाख २९ गते, १८:४२ मा प्रकाशित चरिकोट–भीमेश्वर नगरपालिकाले नगरवासीलाई कोरोनाबाट बचाउनको लागि राहत प्याकेजको घोषणा गरिएको छ । कोरोनाको संक्रमणबाट कोही नागरिकको निधन नहोस भनी नगरपालिकाले चरिकोट अस्पतालमा ४० वेडको आइसोलेन वार्ड समेत तयार पारेको छ । कोरोना संक्रमितलाई उपचार अवधिभर पोषण खर्चवापत दुई हजार रुपैयाँ दिइने भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले बताए । त्यस्तै, बिरामीलाई थप उपचारको लागि जिल्लाबाहिर लानुपरेमा एम्बुलेन्स खर्च बापत आठ हजार रुपैयाँ दिने घोषणा समेत गरिएको छ । दोलखाको भीमेश्वर नगरपालिकाबाहेक अन्य पालिकामा सुविधासम्पन्न अस्पतालको व्यवस्था नहुँदा सबै पालिकाबाट चरिकोट अस्पतालनै धाउने गरेका छन् । चरिकोट अस्पतालमा अक्सिजनसहितको आईसोलेसन वार्ड भएकाले अन्य पालिकाबाट बिरामीलाई यही रिफर गर्ने गरेका छन् । भीमेश्वर नगरपालिकाले भने आफ्नो पालिकाभित्रका नागरिक कोरोना संक्रमणको कारण मृत्यु भएमा मृतकको परिवारलाई सामाजिक कार्यको लागि पन्ध्र हजार रुपैयाँ दिने निर्णय गरिएको मेयर केसीले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमतीको स्वास्थ्यमन्त्री बने किरण थापामगर बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने जिरी नगरपालिकाद्वारा जेष्ठ नागरिक र अशक्तलाई ‘स्वास्थ्य सेवा कार्ड’ गाउँपालिका र व्यवसायी तामाङको आर्थिक सहयोगमा एम्बुलेन्स मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ कविताः स्तनपान सप्ताह हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन जिरी नगरपालिकाद्वारा जेष्ठ नागरिक र अशक्तलाई 'स्वास्थ्य सेवा कार्ड' कविताः स्तनपान सप्ताह हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन जिरी नगरपालिकाद्वारा जेष्ठ नागरिक र अशक्तलाई 'स्वास्थ्य सेवा कार्ड'