२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशभीमेश्वरमा कोभिड संक्रमितलाई २ हजार पोषण र ८ हजार एम्बुलेन्स खर्च

भीमेश्वरमा कोभिड संक्रमितलाई २ हजार पोषण र ८ हजार एम्बुलेन्स खर्च


चरिकोट–भीमेश्वर नगरपालिकाले नगरवासीलाई कोरोनाबाट बचाउनको लागि राहत प्याकेजको घोषणा गरिएको छ । कोरोनाको संक्रमणबाट कोही नागरिकको निधन नहोस भनी नगरपालिकाले चरिकोट अस्पतालमा ४० वेडको आइसोलेन वार्ड समेत तयार पारेको छ ।

कोरोना संक्रमितलाई उपचार अवधिभर पोषण खर्चवापत दुई हजार रुपैयाँ दिइने भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले बताए । त्यस्तै, बिरामीलाई थप उपचारको लागि जिल्लाबाहिर लानुपरेमा एम्बुलेन्स खर्च बापत आठ हजार रुपैयाँ दिने घोषणा समेत गरिएको छ ।

दोलखाको भीमेश्वर नगरपालिकाबाहेक अन्य पालिकामा सुविधासम्पन्न अस्पतालको व्यवस्था नहुँदा सबै पालिकाबाट चरिकोट अस्पतालनै धाउने गरेका छन् । चरिकोट अस्पतालमा अक्सिजनसहितको आईसोलेसन वार्ड भएकाले अन्य पालिकाबाट बिरामीलाई यही रिफर गर्ने गरेका छन् ।

भीमेश्वर नगरपालिकाले भने आफ्नो पालिकाभित्रका नागरिक कोरोना संक्रमणको कारण मृत्यु भएमा मृतकको परिवारलाई सामाजिक कार्यको लागि पन्ध्र हजार रुपैयाँ दिने निर्णय गरिएको मेयर केसीले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ