२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशमुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन


चरिकोट—दोलखामा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम लागू भएको छ । नसर्ने रोगहरु खासगरी मुटु तथा रक्तनली, दम, मधुमेह, क्यान्सर जस्ता रोग भएका व्यक्तिहरुको समयमै पहिचान गरी सोबाट हुने मृत्युदर कम गर्नको लागि यस कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

बागमती प्रदेशमा यस खालका रोगहरु दुई तिहाइभन्दा बढी रहेकोले तिनका जोखिमहरु समयमै पहिचान गरी उचित परामर्श, स्वास्थ्य व्यवहार, परीक्षण, निदान र उपचार गरी नसर्ने रोग जटिल हुन नदिनको लागि यस कार्यक्रमको उद्देश्य रहेको छ ।

नसर्ने रोग जटिल हुन नदिन तथा हृदयघात, मस्तिष्कघात, अव्सटेट्रिक फिस्टुला लगायत नसर्ने रोगको रोकथाम, नियन्त्रण, न्यूनिकरण, निदान र उपचारमा आर्थिक सहायता तथा सहुलियत दिने र सहजीकरण गर्ने भएकाले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने आज अभिमुखी कार्यक्रममा जानकारी दिए ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम बागमती प्रदेशअन्तर्गत दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवान, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, नुवाकोट, धादिङ र रसुवा रहेका छन् । यस कार्यक्रमले नागरिकहरुको स्वास्थ्य अवस्थाको मापन स्वास्थ्य परीक्षण आदि गरी निजहरुको स्वास्थ्य अवस्था पहिचान र स्वास्थ्य अवस्थाको आधारमा जीवनशैलीमा परिवर्तन ल्याउने पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानेश्वर श्रेष्ठले बताए ।

कार्यक्रमअन्तर्गत यस अस्पतालमा हरेक शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म परीक्षण गर्ने र ३० वर्ष वा सोभन्दा माथिका उमेरका व्यक्ति हुनु पर्ने डा. श्रेष्ठले जानकारी बताए ।

दोलखामा रहेका ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुखहरु र सर्वसाधारण सबैलाई अवगत गराउने उद्देश्यले पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटले अभिमुखी कार्यक्रम आयोजना गरिएका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ