२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर

दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर

डा. पदम नेपाली भन्छन्, ‘हामी तीनै भाइबहिनीले सरकारी छात्रवृत्तिमै डाक्टरी पढेका हौं’


चरिकोट—सामान्य परिवारमा जन्मेका एकै घरका तीन जना डाक्टर बनेका छन् । गौरीशंकर गाउँपालिका—४ झ्याँकुका दलित परिवारका तीन जनाले डाक्टर भएका हुन् ।

पाँच जना दाजुभाई र एकजना बहिनी रहेका परिवारमा तीन जनाले डाक्टर पढेपछि अहिले गाउँमा चर्चाको विषय बनेको छ । आफू डाक्टर बनेपछि भाइहिनीहरु पनि आफ्नै क्षेत्रमा तानिएको डा. पदम नेपालीले बताए ।

डा. पदम बिडिएस उत्तीर्ण गरेर अहिले हेटौडा हस्पिटल मकवानपुरमा कार्यरत छन् । उनीले लोकसेवामा नाम निकालेर स्थायी सरकारी जागिरे भएको ७ वर्ष बितिसकेको छ ।

अहिले भाइ गणेश नेपाली चितवन मेडिकल कलेजमा बिडिएस अन्तिम वर्षमा अध्ययनरत छन् भने बहिनी निरमाया नेपाली नेशनल मेडिकल कलेज वीरगंजबाट एमबीबीएस अन्तिम वर्षमा छन् । भाइ र बहिनी दुवै जना सरकारी विद्यालय मानेडाँडा मावि झ्याँकुमा पढेका हुन् ।

डा. पदमले शिक्षा मन्त्रालयबाट छात्रवृत्ति पाएर बिडिएस गरेका हुन् । भाइ गणेश र बहिनीले पनि छात्रवृत्तिमै बिडिएस र एमबीबीएस अन्तिम वर्षमा पढिरहेका छन् ।

आफ्नै खर्चमा एमबीबीएस पढ्नका लागि ४० देखि ५० लाख रुपैयाँ र बिडिएस पढ्नका लागि २० देखि ३० लाख रुपैयाँसम्म लाग्ने गर्दछ । तर उनीहरु दुवै जनाले छात्रवृत्ति पाएकाले पढाउन सजिलो भएको डा. पदमले बताए ।

परिवारका अन्य दाजुभाईहरुमा २ जना शिक्षण पेशामा र एक जना वैदेशिक रोजगारमा छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ