२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशतलब नपाएर गुजारा गर्न नसकिएको भन्दैं १२ डाक्टर स्वास्थ्य सचिवको शरणमा

तलब नपाएर गुजारा गर्न नसकिएको भन्दैं १२ डाक्टर स्वास्थ्य सचिवको शरणमा

भन्छन्, ‘दैनिक गुजारा चलाउन समेत कठिन भइरहेको जानकारी गराउन चाहन्छौं'


काठमाडौं—तीन महिनादेखि तलब नपाएपछि १२ जना चिकित्सक र २ जना स्वास्थ्यकर्मीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गुहारेका छन् । सिन्धुली अस्पतालमा कार्यरत १४ जना स्वास्थ्यकर्मीले असोजदेखि तलब नपाएपछि स्वास्थ्य सचिवलाई गुहारेका हुन् ।

२९ मंसिरमा मन्त्रालयका सचिवलाई पत्र लेख्दैं उनीहरुले गुजारा चलाउनसमेत असहज भन्दैं तलबभत्ता उपलब्ध गराइदिन माग गरेका छन् । चिकित्सकहरुले शुक्रबार नै मन्त्रालयमा तलब भुक्तानी मात्र गर्दै संघीय स्वास्थ्य सचिवलाई लेखेको पत्र दर्ता गराएका छन् ।

‘चालु आर्थिक वर्ष २०८०/०८१ को असोज महिनादेखि हालसम्म पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च सुविधा नपाएकोले हामीहरुको दैनिक गुजारा चलाउन समेत कठिन भइरहेको जानकारी गराउन चाहन्छौं,’ उनीहरुले स्वास्थ्य सचिवलाई बुझाएको पत्रमा भनेका छन्, ‘त्यसैले यथाशीघ्र हालसम्म पारिश्रमिक, दशै, तिहार चाडवाड खर्च उपलब्ध गराइदिनुहुनका साथै अब उप्रान्त नियमित तथा सहज रुपमा समेत पारिश्रमिकको समेत व्यवस्था गरी हामीहरुको पदअनुसारको कार्यमा उत्प्रेरणा जगाउनु हुनेछ भन्ने आशा राखी अबिलम्ब पारिश्रमिकको व्यवस्थाका लागि श्रीमान समक्ष अनुरोध गर्दछौं ।’

उनीहरुले उक्त पत्र स्वास्थ्य सेवा विभाग टेकु र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई बोधार्थ दिएका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ