२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ

बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार एमालेबाट स्वास्थ्यमन्त्री श्रेष्ठसहित चार जना मन्त्रीहरुले सपथ लिएका छन् ।

सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेसँगै उनले एमालेबाट मंगलबार थप चार जना मन्त्री थपेका हुन् ।

यस्तै, उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रीमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रीमा केशव पोखरेल र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रीमा एकलाल श्रेष्ठले पनि सपथ लिएका छन् ।

यसअघि एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला मन्त्री नियुक्त भइसकेका छन् ।

यस्तै, समाजवादीबाट रमा आले विनाविभागीय मन्त्री बनेकी छन् । बागमतीमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना, एमालेबाट ५ जना, समाजवादीवाट विना विभागीय मन्त्री सहित ३ र हाम्रो नेपाली पार्टीबाट १ जना मन्त्री बन्ने सहमति छ ।

रामेश्वर यसअघि २०७९ माघमा पनि एमालेबाट बागमतीको स्वास्थ्यमन्त्री बनेका थिए । उनी वि।सं। २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ