गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपाली सेनाको टोलीले उठायो कोरोना भाइरसबाट मृत्यु भएका तेस्रो व्यक्तिको शव नेपाली सेनाको टोलीले उठायो कोरोना भाइरसबाट मृत्यु भएका तेस्रो व्यक्तिको शव हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ९ गते, १६:०५ मा प्रकाशित बुटवल – तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तेस्रो व्यक्तिको शव नेपाली सेनाको टोलीले उठाएको छ । गुल्मी मदानेका कोरोना संक्रमितको शव झण्डै ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको हो । गएको बिहीबार बिहान निधन भएका ४१ वर्षीय संक्रमितको दोस्रो दिनसम्म पनि शव सरकारले व्यवस्थापन नगरेको भन्दै आलोचना भएको थियो । उक्त शव ३१ घण्टापछि सेनाले कार्यविधिअनुसार काम गरेको हो । उनको निधन लगत्तै शवको व्यवस्थापन नभएपछि मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै छानबिन हुनुपर्ने माग गरेका थिए । तर सेनाको टोली आएर शव व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुले हस्ताक्षर गरेको बताइएको छ । संघीय सरकारले बनाएको कोभिड–१९ शव व्यवस्थापन कार्य्विधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा छैन । शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने बताइए पनि त्यसको बारेमा जानकारी स्थानीय प्रशासनले दिएको छैन । जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो । गाउँमा बसेका र भारतबाट आएका कसैसँग सम्पर्कमा नपुगेका ४१ वर्षका शिक्षकमा देखिएको कोरोना पोजेटिभ रिपोर्टबाट परिवारका सदस्य अचम्म परेपछि उनको दोस्रो पटक पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ । त्यसको रिपोर्ट आइसकेको छैन । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण