गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपाली सेनाको टोलीले उठायो कोरोना भाइरसबाट मृत्यु भएका तेस्रो व्यक्तिको शव नेपाली सेनाको टोलीले उठायो कोरोना भाइरसबाट मृत्यु भएका तेस्रो व्यक्तिको शव हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ९ गते, १६:०५ मा प्रकाशित बुटवल – तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तेस्रो व्यक्तिको शव नेपाली सेनाको टोलीले उठाएको छ । गुल्मी मदानेका कोरोना संक्रमितको शव झण्डै ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको हो । गएको बिहीबार बिहान निधन भएका ४१ वर्षीय संक्रमितको दोस्रो दिनसम्म पनि शव सरकारले व्यवस्थापन नगरेको भन्दै आलोचना भएको थियो । उक्त शव ३१ घण्टापछि सेनाले कार्यविधिअनुसार काम गरेको हो । उनको निधन लगत्तै शवको व्यवस्थापन नभएपछि मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै छानबिन हुनुपर्ने माग गरेका थिए । तर सेनाको टोली आएर शव व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुले हस्ताक्षर गरेको बताइएको छ । संघीय सरकारले बनाएको कोभिड–१९ शव व्यवस्थापन कार्य्विधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा छैन । शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने बताइए पनि त्यसको बारेमा जानकारी स्थानीय प्रशासनले दिएको छैन । जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो । गाउँमा बसेका र भारतबाट आएका कसैसँग सम्पर्कमा नपुगेका ४१ वर्षका शिक्षकमा देखिएको कोरोना पोजेटिभ रिपोर्टबाट परिवारका सदस्य अचम्म परेपछि उनको दोस्रो पटक पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ । त्यसको रिपोर्ट आइसकेको छैन । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना डोटीमा गर्भपतन सेवा अस्थायी साधन बन्दै पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना डोटीमा गर्भपतन सेवा अस्थायी साधन बन्दै पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित)