गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपाली सेनाको टोलीले उठायो कोरोना भाइरसबाट मृत्यु भएका तेस्रो व्यक्तिको शव नेपाली सेनाको टोलीले उठायो कोरोना भाइरसबाट मृत्यु भएका तेस्रो व्यक्तिको शव हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ९ गते, १६:०५ मा प्रकाशित बुटवल – तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तेस्रो व्यक्तिको शव नेपाली सेनाको टोलीले उठाएको छ । गुल्मी मदानेका कोरोना संक्रमितको शव झण्डै ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको हो । गएको बिहीबार बिहान निधन भएका ४१ वर्षीय संक्रमितको दोस्रो दिनसम्म पनि शव सरकारले व्यवस्थापन नगरेको भन्दै आलोचना भएको थियो । उक्त शव ३१ घण्टापछि सेनाले कार्यविधिअनुसार काम गरेको हो । उनको निधन लगत्तै शवको व्यवस्थापन नभएपछि मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै छानबिन हुनुपर्ने माग गरेका थिए । तर सेनाको टोली आएर शव व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुले हस्ताक्षर गरेको बताइएको छ । संघीय सरकारले बनाएको कोभिड–१९ शव व्यवस्थापन कार्य्विधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा छैन । शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने बताइए पनि त्यसको बारेमा जानकारी स्थानीय प्रशासनले दिएको छैन । जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो । गाउँमा बसेका र भारतबाट आएका कसैसँग सम्पर्कमा नपुगेका ४१ वर्षका शिक्षकमा देखिएको कोरोना पोजेटिभ रिपोर्टबाट परिवारका सदस्य अचम्म परेपछि उनको दोस्रो पटक पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ । त्यसको रिपोर्ट आइसकेको छैन । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा