२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटमुटु अस्पतालले लमहीमा डाइलसिस सेन्टर चलाउने

मुटु अस्पतालले लमहीमा डाइलसिस सेन्टर चलाउने


बुटवल—दाङ, प्युठान जिल्लाका मृगौलाको बिरामीहरु डाइलसिस सेवा लिन बुटवल, भैरहवा, नेपालगंज जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । विगत १ वर्ष अगाडि लमहीमै डाइलसिस सेवा सुरु गर्ने घोषणा गरेको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ठाउँको अभावमा सेवा सुरु गर्न सकेको थिएन ।

त्यस क्षेत्रका मृगौलाका बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै लमही नगरपालिका वडा न. ५ को रातोडाँडामा लमही नगर विकास समितिले डायलाइसिस सेन्टर संचालनको लागि भवन उपलब्ध गराउने निर्णय गरेपछि सेवा संचालन हुने भएको हो ।

डाइलसिस सेन्टर संचालनको लागि लमही नगर विकास समिति र बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बीचमा १४ गते सम्झौता समेत गरिएको छ । सम्झौता पत्रमा लमही नगर विकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर के.सी., लमही नगर विकास समितिका सदस्य सचिव गेहेन्द्र बहादुर डा“गी र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, सचिव दिनेशराज रेग्मीले हस्ताक्षर गरेका छन् ।

पहिलो पटक १५ वर्षको लागि गरिएको सम्झौता अवधी दुवै पक्षको सहमती र आवश्यकताअनुसार थपघट गर्न सकिनेछ । दाङका बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै २०७६ असार ३ गते बसेको लमही नगर विकास समितिको बैठकले भवन उपलब्ध गराउने निर्णय गरेको लमही नगर विकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर के.सी. जानकारी गराए ।

दाङलगायत आसपासको क्षेत्रमा मृगौलाका विरामीहरुको संख्या उच्च रहेको र सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको डाइलसिस सेवा लिन समेत टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै लमहीमा रोटरी क्लब अफ सेन्ट्रल बुटवलको सहयोगमा डाइलसिस सेन्टर संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

उक्त सेन्टरमा पहिलो चरणमा १० वटा मेसिन जडान गरी बिरामीहरुको डाइलसिस सेवा सुरु गरिने र आवश्यकताअनुसार मेसिन थप गर्न सकिने छ । मेसिनहरु खरिद भैसकेकोले केही समयभित्र लमहीका साथै स्याङजाको वालिङ र पाल्पाको तान्सेनमा समेत सेवा प्रदान गरिने अध्यक्ष आलमले बताए ।


क्याटेगोरी : कर्पोरेट, लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ