२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशशव परीक्षण भवनले दियो दुर्गन्धबाट मुक्ति

शव परीक्षण भवनले दियो दुर्गन्धबाट मुक्ति


बुटवल—लामो समयदेखि शव परीक्षणका लागि राखिएका शवहरुको दुर्गन्धका कारण समस्या झेल्दैं आएका पृथ्वीचन्द्र अस्पताल आसपासका स्थानीयहरुले दुर्गन्धबाट छुट्कारा पाउने भएका छन् ।

पश्चिम नवलपरासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा अत्याधुनिक शव परीक्षण गृह निर्माण भएसँगै स्थानीय शवको दुर्गन्धबाट मुक्ति पाउने भएका हुन् । जिल्ला अस्पतालमा शव प्ररीक्षण गृह नहुँदा वर्षौदेखि दुगन्धलगायत अन्य समस्या भैरहेको थियो ।

नवनिर्मित शवगृहमा शव परीक्षण र शव राख्न छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ भने शवबाट गन्ध नआओस भनेर फ्रिजको समेत व्यवस्था गरिएको अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले बताए । त्यस्तै आधुनिक प्रविधिसमेत जडान गरिएकाले शव परीक्षण छिटो हुने उनको विश्वास छ ।

सो शवगृहमा ६ वटा शव एक पटकमा राख्न सकिने छ । प्रदेश नं ५ स्थित सामाजिक विकास मन्त्रालयको ५० लाखको लागतमा निर्माण भएको उक्त शवगृहमा एकपटकमा ६ वटासम्म शव चिसो बनाएर राख्न सक्ने क्षमता रहेको अधिकारीले बताए ।

अस्पतालमा रहेको पूरानो शवगृह सडकको छेउमा रहेको र सुविधासमेत नभएकाले दुर्गन्ध फैलिएर नागरिकले सास्ती पाउँदैं आएका थिए ।

शवगृह निर्माणसँगै सडक छेउमा रहेको पूरानो शवगृहलाई भने भत्काइने अधिकारीको भनाइँ छ ।

अस्पतालको उत्तरपूर्वमा रहेको खाली जग्गामा निर्माण गरिएको उक्त शवगृहको बुधवार प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन समेत गरेका छन् । प्रदेश सरकार अस्पतालहरुमा सुविधा र सेवा विस्तारमा केन्द्रित रहेको समाजिक विकासमन्त्री बरालले बताए । ‘प्रदेशभित्र रहेका धेरै अस्पताल पूराना र जीर्ण छन्,’ उनले भने, ‘ती संरचनाहरु भत्काई नयाँ संरचना निमार्णको प्रक्रिया सुरु भैसकेको छ ।’


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ