२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतीनवटा अप्रेशन गरिएकी सुत्केरीको मृत्यु, देवदह मेडिकल कलेज तनाव ग्रस्त

तीनवटा अप्रेशन गरिएकी सुत्केरीको मृत्यु, देवदह मेडिकल कलेज तनाव ग्रस्त


बुटवल – एक सुत्केरी महिलाको मृत्यु भएपछि रुपन्देहीको देवदहस्थित देवदह मेडिकल कलेज तनाव ग्रस्त बनेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० की ३१ वर्षीया राधा थारुको मृत्यु भएपछि आफन्तहरुको प्रर्दशनका कारण अस्पताल तनाव ग्रस्त बनेको हो।

उक्त सुत्केरी महिलालाई अस्पतालले आइतबार मृत्युको घोषणा गरेको थियो ।  डाक्टरको लापरवाहीले गर्दा सुत्केरी राधाको ज्यान गएको आरोप लगाउदैं आफन्तजनहरु आइतबार प्रर्दशनमा उत्रिएका हुन् ।

घट्ना के हो त ?

तीनवटा अप्रेसन गरी सुत्केरी गराइएकी थारुको अपरेशन गरेको चार दिन पछि मृत्यु भयो । उनी मंसिर १७ गते अस्पताल भर्ना भएकी थिइन । गत १८ गते बिहान ५ बजे उनले सकुशल शिशु जन्माएकी थिइन । बच्चा जन्माएको चारघण्टासम्म स्वास्थ्य अवस्था राम्रो थियो । उनले कुराकानी समेत गरेको श्रीमान हिरालाल थारुले बताए ।

उनकाअनुसार एक्कासी अप्रेसन गरेको ठाउँबाट रक्तश्राव हुन थालेपछि सोही दिन नै आइसीयूमा राखेर बिहान ११ बजे पुन दोस्रो शल्यक्रिया गरिएको थियो । रक्तश्राव नरोकिएपछि पाठेघर निकाल्न राति नै तेस्रो अप्रेशन गरिएको थियो ।

‘मरिसकेपछि पनि ज्युदो भनियो’

निरन्तर रत्तश्राव  भएको भन्दै १३ पोका रगत चडाइएको श्रमान थारुले बताए । राधालाई सुत्केरी भएपछि १३ पोका रगत चढाइयो । धरै रगत लागेको भनेर सञ्चार केन्द्रमा समेत आशंका गरेको श्रीमान थारुले बताए । ‘पटकपटक रगत लिन जँंदा यति धेरै रगत त आवश्यक नपर्ने भनेर भनेर उताको सरले भन्नुभयो, त्यस पछि शंका लाग्यो ।’ ,उनले भने । सुत्केरीको मृत्यु भएपछि पनि उपचार भइरहेको छ भनेर अस्पतालले झुक्याएको परिवारको आरोप छ । यसअघि शनिबार मृतकका आफन्तसँगको छलफलमा चार लाख रुपैयाँ दिन र उपचार खर्च नलिन तयार भएको श्रमान थारुले बताए । उपचार खर्च नलिने र चार लाख रुपैयाँ दिन्छौं भन्ने कुराले उपचारमा लापरवाही भएको पुष्टि भएको थारुको दाबी छ ।

‘बचाउन खोज्दा खोज्दै सकेनौँ’

मृत्यु भएकी थारुलाई बचाउन धेरै प्रयास गर्दा पनि नसकिएको मेडिकल कलेजका मेडिकल सुपेरिटेन्डेन्ट डा. विक्रम ज्ञवालीले बताए । उपचारमा लापरवाही नभएको उनको दाबी छ । ‘हामीले सुत्केरीलाई बचाउन हरसम्भव प्रयास गरेका हौं, तर सकिएन, यसमा हामी दुःखी छौं’, उनले भने ।

घटनाको छानवीन, दोषीलाई कारबाही र उचित क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तले माग गरेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ