२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्ज मेडीकल कलेजमा थप दुई कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज मेडीकल कलेजमा थप दुई कोरोना संक्रमितको मृत्यु


काठमाडौं – बाँकेस्थित नेपालगन्ज मेडकल कलेजमा थप दुई जना कोरोना संक्रमितको मुत्यु भएको छ ।  कोरोना संक्रमणका कारण मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका –५ का ६० वर्षीय पुरुष र दाङको घोराही उप–महानगरपालिका वडा नं १८ का १३ वर्षीय बालकको मृत्यु भएको नेपालगन्ज मेडीकल कलेजका कोभिड–१९ फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए ।

कञ्चनपुरका ६० वर्षीय वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि पुष १७ गते अस्पताल भर्ना गरिएको थियो। सोहि दिनको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भई मंगलबार बिहान मृत्यु भएको मेडीकल कलेजले जनाएको छ ।

त्यस्तै , स्वास्थ्यमा समस्या भएपछि पुष १९ गते अस्पताल भर्ना भएका दाङका १३ वर्षीय बालकको २० गते कोरोना संक्रमण पुष्टि भई मंगलबार बिहान मृत्यृ भएको डा. श्रेष्ठले जानकारी दिए ।

यससँगै नेपालगन्ज मेडीकल कलेजमा हालसम्म ४९ कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ