२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा ‘जथाभावी नथुकौं’ अभियान [फोटो फिचर]

बुटवलमा ‘जथाभावी नथुकौं’ अभियान [फोटो फिचर]


बुटवल – रोटरी ई–कल्ब मेडिकोफ्युजन हाइब्रीड नेपालले ‘जथाभावी नथुकौं’ अभियान सुरु गरेको छ । थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान सुरु गरिएको क्लबका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेलले बताए। अभियानको शनिबार बुटवलको ट्राफिक चोकबाट शुभारम्भ गरिएको छ ।

 

अभियानको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले अभियान निकै सान्दर्भिक भएको बताउँदै यसलाई सफल बनाउन नगरपालिका सहकार्य गर्न सदैव तत्पर रहेको स्पष्ट  पारे।

 

जथाभावी थुक्दा फोहोर मात्र हुँदैन, थुकले रोग समेत फैलाउँछ । युरोपलगायतका विकशित मुलुकमा जथाभावी थुक्नुलाई दण्डनीय मानिन्छ । तर, हामीकहाँ यो विषयलाई खास महत्व नदिँदा विभिन्न प्रकारका संक्रामक रोगहरु थुककैं कारण फैलिने गरेका छन् ।

 

एकसय वर्षअघि युरोपमा स्पानिस फ्लुको महामारी फैलिँदा गाडी र टोल टोलमा ‘डु नट स्प्लिट, स्प्लिट स्प्रेड डेथ’ अर्थात् जथाभाबी नथुकौ । थुकले मृत्यु फैलाउछ ।’ भन्ने सूचना टाँस गरिएको थियो । त्यसयता यूरोपतिर कसैले पनि बाटो, पार्कलगायतका सार्वजनिक स्थानमा थुक्दैनन् । तोकिएको ठाउँमा मात्र थुक्ने गरिन्छ ।

 

त्यहाँ जथाभावी थुक्न नहुने विषय मानव सभ्यता, आनीबानी र व्यवहारसँग जोडिएको छ । नेपाली जनमानसमा समेत यो विषयमा सचेतना बढाउन अभियान सुरु गर्नुपरेको डा. पोखरेलले बताए । उनका अनुसार यो अभियानलाई स्कुल, कलेज हुँदै सबैतिर सञ्चालन गरिनेछ । ‘अब आजैबाट हामी सबैले जथाभाबी नथुक्ने प्रण गरौं ।’ उनी भन्छन्, ‘यसो हुँदा मृत्यु फैलिनबाट रोकिन्छ ।’ कोरोना रोग समेत थुकबाटैं सर्ने भएकोले अहिलेको अवस्थामा यो अभियान सान्दर्भिक भएको उनको भनाइ छ ।

 

कार्यक्रममा रोटरीका एजी राजकुमार गुप्ता, क्लव सचिब इन्जु ज्ञवाली, अप्सरा नेपाललगायतले अभियानको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालमा चिकित्सक र उनीहरुका श्रीमान-श्रीमतीहरु आवद्ध छन् । ५० जना सदस्यमध्ये ३७ जना चिकित्सक छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ