२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रधानमन्त्री ओलीको स्वास्थ्य लाभका लागि परित्राण पाठ

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभका लागि परित्राण पाठ


बुटवल—प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामनासहित बुद्ध जन्मस्थल लुम्बिनीमा परित्राण पाठ गरिएको छ । मंगलबार साँझ लुम्बिनीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको लागि भन्दै परित्राण पाठ गरिएको हो ।

उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि परित्राण पाठसहितको अुनष्ठान गरिएको थियो ।

लुम्बिनी विकास कोष र लुम्बिनीस्थित विभिन्न देशका बौद्ध विहारको संयुक्त आयोजनामा परित्राण पाठ गरिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए ।

परित्राण पाठ (सुत्र) विश्वभरिका बौद्ध भिक्षुहरुले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो । जसले भयबाट मुक्त गर्दछ भन्ने विश्वास गरिन्छ ।
यो अभ्यास विशेष गरी पाली भाषाको प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ । परित्राण पाठ जन्म दिन, घरमा स्वस्थ शान्ति, गृह दोष, रोगी बिरामी, आपत—विपत अवस्थामा अग्रज भिक्षुहरुबाट गराइन्छ ।

परित्राणको पाठ मानसिक सुदृढता, खराब विचार, दुर्भाग्य, अस्वस्थता, ग्रहदशाको दुस्प्रभावबाट रक्षा गर्नको लागि गर्ने चलन छ । यो पाठ भिक्षुहरु बाट विभिन्न लयमा गर्ने गरिन्छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ