२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँके फेरि हटस्पट बन्ने खतरा, एकैदिन थपिएका ४१ मध्ये २४ जना बाँकेका

बाँके फेरि हटस्पट बन्ने खतरा, एकैदिन थपिएका ४१ मध्ये २४ जना बाँकेका


नेपालगन्ज—भारतमा कोरोना संक्रमण बढेसँगै बाँके फेरि कोभिड—१९ हटस्पट बन्ने जोखिम बढेको छ । बाँकेमा पछिल्लो समय दैनिक कोरोना संक्रमितको तथ्यांक बढ्दैं गएको छ ।

भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार बाँकेका मात्रै २४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा प्रयोगशालामा गरिएको परीक्षणमा ४१ जनामा कोभिड—१९ संक्रमण देखिएको छ ।

जसमध्ये बर्दियाका ६ जना रहेका छन् । यस्तै, कैलालीका २ जना, दाङका ३ जना, रौतहटका १ जना, सल्यानका २ जना र बारा १ जना, जुम्लाका १ जना र ठेगाना नखुलेका एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा ७८ स्वाब परीक्षण गर्दा ४१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका अधिकांश युवा रहेका छन् ।

हिजोमात्रै बाँकेका ५ जनामा कोभिड—१९ पोजेटिभ देखिएको थियो । भारतसँग सीमा नाका जोडिएको पश्चिम नेपालको ठूलो सहर नेपालगन्जमा पनि कोरोना संक्रमित बढिरहेका छन् । जसले बाँके पुनः कोभिड—१९ को उच्च जोखिममा परेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ