२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ५९ जनामा कोरोना पुष्टि

भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ५९ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालगन्जस्थित भेरी अस्पताल प्रयोगशाला गरिएको परीक्षणमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका सबैभन्दा बढी ४९ जना रहेका छन् । जसमा नेपालगन्जका ४२ जना, खजुराका ३ जना, राप्ती सोनारीका ३ जना र कोहलपुरका १ जना रहेका छन् ।

यस्तै, बर्दियाका ४ जना, दैलेखका ३ जना, कैलाली, अछाम र सोलुखुम्बुका १/१ जना रहेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ