२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीका दुई पालीकामा मात्र विद्यालय बन्द हुने

रुपन्देहीका दुई पालीकामा मात्र विद्यालय बन्द हुने


बुटवल – रुपन्देहीमा बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा मात्रै विद्यालय बन्द हुने भएका छन् । कोरोना भइरस संक्रमणको दर तिव्र रुपमा फैलिएका स्थानीय तह मध्ये बुटवल र सिद्धार्थनगरमा पठनपाठन बन्द हुने भएको हो ।

यद्यपी परिक्षा भने समाजिक दुरी कामयम गर्दै संचालन हुने भएका छन् । नेपाल सरकारले कोरोना संक्रमण फैलिएका १४ जिल्लाका विद्यालय बन्द गर्ने निर्णय सोमवार गरेको थियो । जस मध्ये रुपन्देही पनि परेको थियो ।

विद्यालय भौतिक रुपमा बन्द भए पनि अनलाईन माध्यमबाट कक्षाहरु संचालन हुनेछन् । जस अनुसार रुपन्देहीका १६ वटा पालिका मध्ये बुटवल उपमहानगरपालिका र भैरहवामा रहेको सिद्धार्थनगर नगरपालिका पनि परेका छन् ।

रुपन्देहीका जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दिपेन्द्र ढकालका अनुसार अन्य स्थानीय तहका विद्यालयले भने स्वास्थ्य मापदण्ड सहित पठन पाठन गराउन सक्नेछन् ।

बुटवल उपमहानगरपालिकाले विद्यालयहरुले परीक्षा संचालन गर्न सक्ने जनाएकोछ । पठनपाठन भने गर्न पाउने छैनन् । अधिकासं विद्यालयहरुले भने परीक्षा सकेर विदा गर्ने बताइरहेका छन् ।

उता, सिद्धार्थनगर नगरपालिका अन्तरगतका विद्यालय भने बुधबार देखी बन्द हुनेछन् । आगामी बैशाख २० गते सम्मका लागि विद्यालयहरु बन्द गरिएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बताए । निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सन रुपन्देहीले भने आइरहेको परिक्षा सक्न दिएर विद्यालय बन्द गर्दा उपयुक्त हुने बताएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ