२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्ज उपमहानगरमा एक साताको लागि लकडाउन

नेपालगन्ज उपमहानगरमा एक साताको लागि लकडाउन


काठमाडौँ – नेपालगन्ज उपमहानगर क्षेत्रमा १ साताको लागि लकडाउन घोषणा गरिएको छ। बाँके जिल्ला प्रशासन कार्यालयले नयाँ प्रजाति सहितको कोरोना संक्रमितको संख्या उपमहानगरपालीकाभित्र बढ्दै गएको भन्दै यसको रोकथामको लागि १ साताका लागि ‘लकडाउन’ को घोषणा गरेको हो ।

उक्त लकडाउन राति १२ बजेबाट वैशाख १५ गते राति १२ बजेसम्म लागु हुनेछ।

उपमहानगर क्षेत्रमा ३ सय ७५ बढी सक्रिय संक्रमित उपचाररत हुनुको साथै अस्पतालहरूका कोभिड वार्डहरु सबै भरिभराउ भएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अत्यावश्यक काम बाहेक हिडडुल गरेको पाइएमा देय बमोजीम कारवाही हुने बताइएको छ ।

 

 


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ