२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा कोरोना संक्रमण तीब्रः पछिल्लो २४ घण्टामा १ सय १८ जना संक्रमित

रुपन्देहीमा कोरोना संक्रमण तीब्रः पछिल्लो २४ घण्टामा १ सय १८ जना संक्रमित


बुटवल—रुपन्देहीमा कोरोना भाइरस संक्रमणको दर तीव्र हुँदै गएको छ । अघिल्लो वर्ष हटस्पटका रुपमा रहेको रुपन्देहीमा यो बर्ष पनि संक्रमितको ग्राफ बढ्दो क्रममा देखिएको हो ।

अद्यावधिक तथ्यांकअनुसार रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १ सय १८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

बुधबार थपिएकामध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकका छन् । संक्रमितमध्ये बुटवलका ३२ पुरुष र २५ महिला गरी ५७ जना छन् । तिलोत्तमाका २४ जना, सिद्धार्थनगरका १८ जना, देवदहका ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जिल्ला स्वास्थय कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जनाकारी दिए ।

उता मायादेवीका ३ जनामा संक्रमण पुष्टि भएको छ भने ओमसतियाका ४ जना, सैनामैनाका २ जना, लुम्बिनी सांस्कृतिकका २ जना, कञ्चन, रोहिणी, सुद्धोधन, समरीमाइका १—१ जनामा संक्रमण देखिएको हो ।

संक्रमणको दर उच्च भएसँगै जिल्लामा नियन्त्रणको प्रयास भइरहेको छ । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाका विद्यालयहरुले पठनपाठन बन्द गरेको छन् । व्यवसायलाई साँझ ८ बजेपछि बन्द गरिएको छ भने सार्वजनिक क्षेत्रमा मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ