२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा ३५० जनाको स्वाब परीक्षण गर्दा २०४ जनामा संक्रमण

भेरी अस्पतालमा ३५० जनाको स्वाब परीक्षण गर्दा २०४ जनामा संक्रमण


नेपालगन्ज—नेपालगन्जस्थित भेरी अस्पतालमा ३५० जनाको स्वाब परीक्षण गर्दा २०४ जनामा कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशाला स्रोतकाअनुसार बुधबार ३५० जनाको स्वाब परीक्षण गर्दा २०४ जनामा पोजेटिभ देखिएको हो ।

थप संक्रमण पुष्टि भएकामध्ये १५४ जना बाँकेका छन् । बाँकेका पनि नेपालगन्ज उपमहानगरपालिकाका कोरोना संक्रमण उच्च छ । यस्तै, बर्दियाका २६ जना रहेका छन् ।

श्री मिलिटरी अस्पतालबाट संकलित ८ नमुना पोजेटिभ देखिएको छ । संक्रमितको औसत उमेर ३४.४४ वर्ष रहेको छ, जसमा न्यूनतम २ वर्षदेखि अधिकतम ८१ वर्षसम्मका रहेको अस्प्तालले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ