२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा थपिए २ सय २७ संक्रमित

रुपन्देहीमा थपिए २ सय २७ संक्रमित


बुटवल – पछिल्लो २४ घण्टामा रुपन्देहीमा २ सय २७ संक्रमित थपिएका छन् । यो संख्या प्रदेशका अन्य जिल्लाहरुको तुलनामा सवैभन्दा बढी हो ।

रुपन्देहीमा देखिएका संक्रमितहरु मध्ये १ सय २८ पुरुष र ९९ महिला छन् । बुटवल उपमहानगरपाकिलामा मात्रै १ सय १५ जना छन् ।जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकाअनुसार सिद्धार्थनगर नगरपालिकाका २४ पुरुष र १६ महिला गरि ४० जना‚ तिलोत्तमा नगरपालिकाका २४ पुरुष र १९ महिला गरि ४३ जना‚ सैनामैना नगरपालिकाका ७ महिला र ३ पुरुष गरि १० जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै देबदह नगरपालिकामा २ पुरुष र १ महिला गरि ३‚ कञ्चन गाउँपालिकामा ३ पुरुष र १ महिला गरि ४‚ रोहिणी गाउँपालिकामा ४ पुरुष थपिएका छन् ।

यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका‚ सियारी‚ गैडहवा र सुद्धोधन गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका हुन । आज थपिएका २ सय २७ संगै जिल्लामा कुल सङ्क्रमितको संख्या १० हजार ४४ पुगेको छ भने ९ हजार ६८ जना निको भएर घर फर्किएका छन् ।

 रुपन्देहीमा हाल उपचाररत सक्रिय कोरोना सङ्क्रमितको संख्या ८ सय ११ पुगेको छ ।जिल्लामा अहिले सम्म १ सय ६५ जनाले कोरोनाको कारणले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ