२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँकेको क्यान्सर अस्पतालका ९० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना, एक साताको लागि सेवा बन्द

बाँकेको क्यान्सर अस्पतालका ९० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना, एक साताको लागि सेवा बन्द


काठमाडौँ – बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ९० प्रतिशत चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पताल प्रशासनले जानकारी दिए अनुसार खजुरामा कार्यरत कर्मचारीहरुको पिसिआर परीक्षण गराउँदा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स र  प्रशासनिक कर्मचारीहरुमा संक्रमण पुष्टि भएको हो।

अस्पतालको कर्मचारीलाई नै कोरोना संक्रमण देखिएपछि बिरामीको सेवा प्रभावित हुने भन्दै आइतबारदेखि १८ गतेसम्मको लागि इमर्जेन्सी बाहेकको सम्पूर्ण सेवा बन्द गर्ने अस्पतालले जनाएको छ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ