२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश१२ घण्टामा बाँकेमा ७ जना कोभिड–१९ संक्रमितको मृत्यु

१२ घण्टामा बाँकेमा ७ जना कोभिड–१९ संक्रमितको मृत्यु


नेपालगन्ज–बाँकेका दुई ठूला अस्पतालमा उपचाररत कोभिड–१९ का थप ७ जना बिरामीको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा नेपालगन्जस्थित भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जना गरी ७ जना संक्रमितको मृत्यु भएको बाँकेका कोभिड–१९ फोकल पर्सन तेज वलीले बताए ।

मृत्यु हुनेहरुमा मधुवन नगरपालिका–९ बर्दियाका ४० वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दियाका ५० वर्षीय पुरुष, गौरीगंगा गाउँपालिका–४ कैलालीका ५२ वर्षीय पुरुष रहेका छन् । यस्तै, रुम्टीगढी–३ रोल्पाका ३५ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–२ बर्दियाका ८७ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१९ बाँकेका ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१५ बाँकेका ६७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

कोभिड–१९ को संक्रमणबाट बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३४ पुगेको छ । छिमेकी जिल्लाहरुबाट संक्रमित भएर उपचारका लागि बाँकेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा आएका १ सय ८३ को मृत्यु भइसकेको फोकल पर्सन वलीले बताए ।

बाँकेका अस्पतालहरुमा अहिले पनि ४ सय ९८ जना गम्भीर कोभिड–१९ संक्रमित बिरामीको उपचार भइरहेको छ । बाकेमा होम आइसोलेसनमा ३ हजार २ सय २८ जना छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ