२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा लिक्वीइड अक्सिजन प्लान्ट जडान

भेरी अस्पतालमा लिक्वीइड अक्सिजन प्लान्ट जडान


नेपालगन्ज–नेपालगन्जको भेरी अस्पतालमा लिक्वीइड अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का गम्भीर बिरामीहरुको उपचारका लागि अक्सिजनको अभाव भइरहेका बेला भेरी अस्पतालले २० टन (२० हजार लिटर्) क्षमताको लिक्वीइड अक्सिजन प्लान्ट जडान गरेको हो ।

अस्पतालको नवनिर्मित प्लान्टमा १५ टन लिक्वीइड अक्सिजन भरिएको छ । १५ टन लिक्वीइड अक्सिजन भनेको करिब १४ सय सिलिन्डर हो । १४ सय सिलिन्डरले अस्पतालको माग ३ देखि ४ दिनसम्म धान्न सक्छ ।

अस्पतालको ग्यास प्लान्टमा लिक्वीइड अक्सिजन भरिएपनि प्लान्टबाट बिरामीहरुको बेडसम्म अक्सिजन ग्यास पु¥याउनका लागि पाइपलाइन जडानको काम अझै पूरा भइसकेको छैन । एक हप्ताभित्र पाइप लाइन जडानको काम सक्ने गरी अस्पतालले काम गरिरहेको छ ।

पाइपलाइन जडान भएर बिरामीको बेडसम्म अक्सिजनको सप्लाई सुरु भएपछि कोभिड–१९ का सिकिस्त बिरामीहरुको उपचार सहज हुने छ ।

अस्पतालमा लिक्वीइड अक्सिजन ग्यास प्लान्ट संचालन नहुँदासम्म गम्भीर बिरामीहरुलाई सहज रुपमा अक्सिजन ग्यास पु¥याउन अस्पताललाई हम्मे हम्मे परिरहेको छ ।

अक्सिजन प्लान्ट जडान गर्ने क्रममा अहिलेसम्म करिब ७२ लाख खर्च भइसकेको अस्पताल विकास समितिका सदस्य धनिराम वलीले बताए । प्लान्ट पूर्ण रुपमा संचालनमा नआउँदासम्म भेरी अस्पतालले उद्योगबाट सिलिन्डरमा भरेर आएको अक्सिजनबाटै बिरामीहरुलाई आवश्यकता अनुसार अक्सिजन दिनेछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ