२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्जको वेस्टर्न अस्पतालमा शल्यक्रिया सेवासहितको १६ बेड कोभिड–वार्ड सुरु

नेपालगन्जको वेस्टर्न अस्पतालमा शल्यक्रिया सेवासहितको १६ बेड कोभिड–वार्ड सुरु


नेपालगन्ज–नेपालगन्जको वेस्टर्न अस्पतालले शल्यक्रिया सेवासहितको १६ बेडको कोभिड–१९ डेलिकेटेड वार्ड सुरु गरेको छ । अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसुति तथा स्त्री रोगसँग सम्बन्धी शल्यक्रिया गरेर उपचार गर्नुपर्ने बिरामीहरुलाई लक्षित गरेर अस्पतालले १६ बेडको कोभिड–१९ डेलिकेटेड वार्ड सुरु गरेको हो ।

कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै अस्पतालले २०७८ वैशाख देखि ४ बेडको कोभिड वार्ड संचालन गरेर संक्रमित बिरामीहरुलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गर्दै आइरहेको थियो । ४ बेडले बिरामीको चाप धान्न नसक्ने अबस्था सिर्जना भएपछि अस्पतालले बेड संख्या बढाएर १६ पु¥याएको अस्पतालका प्रबन्ध निर्देशक डा.राहुल थापाले बताए ।

४ बेडको कोभिड–१९ वार्ड संचालन गर्दा एक महिनाको अवधीमा वेस्टर्न अस्पतालले अर्थाेपेडिक र ट्रमा सम्बन्धी १३ वटा, जनरल सर्जरीका ३ वटा र प्रसुति तथा स्त्री रोगसँग सम्बन्धित २ वटा गरी १८ जना संक्रमित बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा दिएको थियो ।

कोभिड डेडिकेटेड वार्ड संचालन भएपछि यस क्षेत्रका अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसुति तथा स्त्री रोगसँग सम्बन्धित संक्रमित बिरामीहरुलाई शल्यक्रियासहितको उपचार सेवा पाउन थप सहज हुनेछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ